राष्ट्रपतिले भिआईपीलाई २ बजे, सर्वसाधारणलाई ३ बजेपछी टीका लगाइदिने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विजया दशमीका दिनमा विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई टीका लगाइदिने हुनुभएको छ ।

राष्ट्रपति भण्डारीले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने कार्यतालिका रहेको छ ।

त्यस्तै उच्च पदस्थको टीका कायक्रमलगत्तै सर्वसाधरणलाई ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको जनाइएको छ ।

टीका ग्रहण गर्न शितल निवास आउँदा मर्यादित पोसाकमा उपस्थित हुन पनि अनुरोध गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?