यस्तो छ तपाईंको असार २८ गते बिहीबारको राशिफल

Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असार २८ गते बिहीबार, ई.सं. १३ जुलाई, २०२३ । तिथि– श्रावण कृष्णपक्ष एकादशी, नक्षत्र– कृत्तिकायोग– शूल, करण– वव, चन्द्रराशि– वृष, सूर्योदय ५:१८, सूर्यास्तः १९:०० ।

मेष : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

वृष : मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।

मिथुन : आत्मविश्वास र दृढ संकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

कर्कट : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

सिंह : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

कन्या : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

तुला : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

वृश्चिक : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।

धनु : पद तथा जिम्मेवारी प्राप्त हुने बलियो सम्भावना छ ।

मकर : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

कुम्भ : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

मीन : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?