इलाममा आधुनिक रंगशाला बन्ने

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 1 min

इलाम । नेपाली सेनाको स्वामित्वमा रहेको इलाम सदरमुकामको ठूलो टुँडिखेलमा आधुनिक रंगशाला निर्माणका लागि डिपिआर निर्माणको काम सम्पन्न भएको छ ।

इलाम सदरमुकामस्थित ठूलो टुँडिखेललाई आधुनिक रंगशालाका रूपमा निर्माण गर्ने योजनाका साथ डिपिआरको काम सम्पन्न भएको हो ।

इलाम नगरपालिकाका तर्फबाट नगरप्रमुख केदार थापा र नेपाली सेनाबीच भएको समझदारीबमोजिम इञ्जिनियर सुरेशकुमार नेम्वाङको प्राविधिक सल्लाहअनुसार डिपिआरको काम भएको थियो ।

टुँडिखेल निर्माणको डिपिआर जर्सा इञ्जिनियरिङ कन्सल्टेन्सी काठमाडौंद्वारा तयार गरेको छ ।

निर्माण भएको डिपिआरबमोजिम संघीय बजेटमार्फत् आगामी आव २०८०/८१ बाट आधुनिक रंगशाला निर्माणको काम सुरु हुने इलाम नगरप्रमुख केदार थापाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?