पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव अस्पताल भर्ना हुनुभएको छ ।

उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि उहाँलाई आइतबार वीर अस्पतालको भीआईपी कक्षमा भर्ना गरिएको हो । वीर अस्पताल पुगेर स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

स्वास्थ्यमन्त्री बस्नेतले पूर्वराष्ट्रपति यादवसँगै वीर अस्पतालमै उपचाररत कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवलाई पनि भेटेर स्वास्थ्य अवस्था जानकारी लिएको उहाँको सचिवालयले जनाएको छ ।

राष्ट्रपति यादव केही दिन अस्पतालमै रहने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?