आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छः मन्त्री बस्नेत

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले अगामी आर्थिक वर्ष २०८०/८१ मा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभएको हो । उहाँले आगामी दश वर्षभित्रमा भने २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताउनु भयो । सोही अनुरुपको ऊर्जा विकास दशककको मार्गचित्र र कार्ययोजनाका साथ मन्त्रालयले काम गरिरहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाल करिब २७ सय मेगावाट करिब हामीसँग उत्पादनको क्षमता रहेको छ । आगामी वर्ष थप ९०० पु¥याउने राखेका छौँ भने आगामी दश वर्षभित्र निकै महत्वकांक्षी योजनाको फाउन्डेशन तयार गर्न गइराखेका छौँ । २० हजार बढी मेगावाट विद्युत उत्पादन गर्ने हाम्रो लक्ष्य राखेका छौँ । र त्यो अनुसार ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ काम गरिराखेका छौँ ।’

मन्त्री बस्नेतले विद्युतको आन्तरिक खपत क्षमता बढाउने पनि बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?