भीमफेदी कारागारका एक कैदी बन्दीको मृत्यु

Read Time = 1 min

-श्रीराम अर्जुन
हेटौंडा । मकवानपुरको भीमफेदीमा रहेको भीमफेदी कारागारमा कैदी जीवन बिताइरहेका एक जना कैदीको ज्यान गएको छ।

२०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा करागारमा कैदी जीवन बिताइरहेका हेटौंडा २ घर भएका ३४ वर्षीय मिलन परियारको मृत्यु भएको छ।
७ वर्षका लागि कैदी सजाय पाएका उनलाई मंगलबार एक्कासी छाती पोल्ने र दुख्ने समस्या देखापरेपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचारको लागि लगिएको भीमफेदी स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेटौंडा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ।

मृत्यु त्यही समस्याले हो या अन्य स्वास्थ्य समस्याले हो भन्नै विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?