लुम्बिनीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको रोडम्याप तयार गरिँदै

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशको नेतृत्व गर्ने गुणस्तरिय प्रयोगशालाको रुपमा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई विकास गर्नुपर्ने बताउनु भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशलाको पञ्चवर्षिय कार्ययोजनामाथिको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले प्रदेशमा आउदा दिनमा देखिन सक्ने रोगको समेत परिक्षण गर्न सक्ने प्रयोगशाला निर्माण गर्न आबश्यक रहेकोमा जोड दिनुभयो ।

मन्त्री खनालले त्यस्का लागी स्पष्ट खाका तयार पारेर निश्चित समय भित्र परिणाम देखिने गरि काम गर्ने लक्ष्यका साथ योजना निर्माण गर्न निर्देशन दिनुभयो । उहाँले प्रदेश मन्त्रालय आफैले परिक्षण गर्ने मात्र नभई प्रदेश भित्रका अन्य प्रयोगशाला मापदण्ड अनुसार चले नचलेको अनुगमण गर्नुपर्ने बताउनु भयो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई सकृय पार्ने, स्थानिय देखि प्रदेश सम्मका सबै प्रयोगशालाको सञ्जाल तयार गरि एकिकृत रुपमा काम गर्ने निकायको रुपमा विकास गर्ने लगायतका लक्ष्यका साथ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पञ्चवर्षिय कार्ययोजना निर्माण गर्न लागेको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले तयार पारेको पञ्चवर्षिय रणनीतिक योजनाको खाका माथि मन्त्रालय स्तरमा छलफल भएको छ । छलफलबाट आएका सुझाव समेटर योजनालाई अन्तिम रुप दिइने प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

प्रस्तावित रणनीतिक योजनामा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई प्रदेश सरकारको सुझाव तथा वकालत युनिटका रुपमा विकास गर्ने, वंशाणुगत रोग नियन्त्रणका लागी अन्तरक्षेत्रगत समन्वय तथा सञ्चारलाई बलियो बनाउने, स्थानिय तहसँगको साझेदारीमा गुणस्तरीय प्रयोगशाला सेवाको लागि सेवा केन्द्र सञ्चालन गरिने लगायतका बुँदाहरु समेटिएको छ ।

जनस्वास्थ्य प्रयोगशालामा हाल रहेका नसर्ने रोग प्रयोगशाला, संक्रामक रोग प्रयोगशाला, गुणस्तर नियन्त्रण तथा तालिम र आर्थिक तथा प्रशासन शाखाहरुलाई थप प्रभावकारी बनाई ती शाखाको कार्यक्षेत्र विस्तार गरि विश्व स्वास्थ्य संगठन र आइएसओबाट मान्यता प्राप्त प्रयोगशाला गराउने योजना पनि प्रस्तावित कार्ययोजनामा उल्लेख गरिएको छ ।

प्रस्तावित योजनामा प्रदेश भित्रका सरकारी तथा निजि प्रयोगशाला सरकारी मापदण्ड अनुसार बर्गिकरण गरि दर्ता प्रकृया सुरु गर्ने लगायतका विषयहरु राखिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?