सांसदले गराए पशुचौपायमा देखिएको लम्पी स्किन रोगबारे सरकारको ध्यानाकर्षण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पशुचौपायमा देखिएको लम्पी स्किन रोगबारे सरकारको ध्यानाकर्षण गराइएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सत्ता र प्रतिपक्षी सांसदले लम्पी स्किन रोगबाट पशुचौपायको मृत्यु भएको र यसबाट किसानलाई आहत भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक पदम गिरी र सत्तापक्ष कांग्रेस रामहरी खतिवडाले लम्पी स्किन रोगको महामारी नियन्त्रण गर्न र किसानलाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

लम्की स्किन रोग नियन्त्रणका लागि बजेट छुट्याएर तत्काल काम गर्न र पीडित किसानलाई राहत उपलब्ध गराउन उहाँहरुले माग गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?