सानिमा र रिलायन्सबीच मर्जर स्वीकृति

Read Time = 1 min

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले गाम्ने/गाभिने सम्बन्धमा अन्तिम स्वीकृति पाएका छन् । नेपाल बीमा प्राधिकरणले दुई जीवन बीमा कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृतिसँगै दुई कम्पनीको एकीकृत कारोबार प्रक्रिया सुरु हुनेछ ।

२०७९ गत असार २९ गते एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका दुई कम्पनीको फागुन १२ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए । हाल सानिमा लाइफको चुक्ता पुँजी दुई अर्ब आठ करोड रुपैयाँ र रिलायन्सको दुई अर्ब १० करोड रुपैयाँ रहेको छ । बराबरी हैसियतमा मर्जरमा जाँदा दुई कम्पनीको चुक्ता पुँजी चार अर्ब १८ करोड रुपैयाँ कायम हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?