कानुन पढ्दै कान्छा निर्देशक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कान्छा निर्देशक सौगात विष्टले कानुन पढ्न सुरु गर्नुभएको छ । विश्वकै कान्छा चलचित्र निर्देशकको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्व कीर्तिमान राख्नुभएका विष्टले उच्च शिक्षाका लागि कानुन विषय रोज्नुभएको हो ।

अध्ययनको लागि उहाँले पूर्ण छात्रवृत्तिसहित मनास्लु वल्र्ड कलेजमा कक्षा ११ मा भर्ना हुनुभएको छ । मनास्लुले राष्ट्रिय प्रतिभा भएकोले विष्टलाई प्लस टू अध्ययनमा छात्रवृत्ति उपलब्ध गराएको जनाएको छ । सौगातले सन् २०१४ मा ७ वर्ष ३४० दिनको उमेरमा चलचित्र ‘लभ यु बाबा’ निर्देशन गरी कीर्तिमानी राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?