पाल्हीनन्दन गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 5 mins

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

१६ महिनादेखि ५९ महिनाको बालबालिकालाई सम्पूर्ण खोपकाे मात्रा पूरा गरिसकेकोले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकाको सभाहलमा एक समारोहको बिच जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख भगौतीप्रसाद यादव रुदलले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना गाउँपालिका घोषणा गर्नुभएको हो ।

पूर्ण खोप सुनिश्चिता तथा दिगोपना गाउँपालिका घोषणामा यादवले घोषणा गरेमात्र पूरा नहुने र पालिकालाई थप काधमा जिम्मेवारी थपिईएकोले यसको दिगोपानामा जोड दिनुपर्नेमा जोड दिनुभयो। स्वास्थ्य क्षेत्र मानिसको जिवनसंग जोडिएको एक महत्वपूर्ण अङ्ग भएकोले स्वास्थ्य क्षेत्रलाई बिशेष प्रथामिकता राखी काम गर्न सम्बन्धी पालीकालाई अग्रह गर्नुभयो। यो अभियानलाई सफल बनाउनको लागि खट्नुभएको स्वास्थ्य स्वयसेबीका, जनस्वास्थ्यकर्मी कर्मचारी,जनप्रतिनीधीहरुलाई यादवले धन्यबाद व्यक्त गर्नुभयो ।

पाल्हीनन्दन गाउँपालिकामा ६ वडा रहेको बैशाखमा महिनामा गरिएको सर्बेक्षणबाट १६ महिनादेखि ५९ महिनाका बालबालिका एक हजार ६ सय ३ जना मध्ये एक सय १९ जना छुटेकोेमा उनीहरुलाई खोज र खोप अभियानमार्फत १६ महिनादेखि ५९ महिनाभित्रका बालबालिकालाई पहिचान गरी बिसीजी, डिपिडी–हेप, बि–हिब, पोलियो–दादुरा रुबेल जेई लगायतको १३ किसिमको खोपको मात्र पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बैजुप्रासद गुप्ताले स्वास्थ्य क्षेत्रलाई बिशेष प्रथामिकतामा राखेर काम अगाडी बढाईएको बताउनु भयो । उहाँले गाउँपालिका भित्र पाल्हीनन्दन अस्पताल निमार्ण गरी यहाँ गाउँबासीहरुलाई स्वास्थ्य सेवा दिईएको बताए । गर्भवती महिलालाई नि:शुल्क भिडियो एक्सरे संचालन गरिएको बताउनु भयो ।

नवलपरासी जिल्ला २०७० सालमै नेपालकै पहिलो पूर्ण खोप सुनिश्चिता जिल्ला रुपामा घोषणा भइसकेको छ । नवलपरासीमा सात वटा स्थानीय तहहरु छन् ।

पाल्हीनन्दनगापासँगै सबै स्थानिय तह पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा भईसकेको जिल्ला स्वास्थ्य कार्यालय परासी प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि अर्थात शानिबार पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला नै घोषणा गरिने कार्यक्रम रहेको छ ।

गाउँपालिकाले ६० बर्ष उमेर हकबन्दीकारण अवकाश प्रप्त गर्ने २१ जना स्वयसेविकालाई नगद, मोबाईल र प्रमाणपत्र सहित बिदाई गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष फातिमा सकीना अन्सारी लगायतले बोल्दै अभियान सफल बनाउन योगदान गरेकालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?