भीम रावलको प्रश्न, ‘अमेरिकी सहायक बिदेशी मन्त्रीसँग ठुला नेताहरुको भेटघाट किन ?’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गर्नुभएकाे छ ।

अमेरिकी बिदेश सहायक मन्त्री डोनाल्ड लुले शिर्ष नेताहरुसँग भेटघाट गरेपछि उहाँले आफ्नो टिप्पणी सार्बजनिक गर्नुभएकाे हाे ।

‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनैपर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्वयनका लागि नेपाल आई सबै ठूला दलका नेतालाई भेट्नुपर्ने किन ?’ रावलको प्रश्न छ ‘अमेरिकी सहायक मन्त्री आउँदा प्रमदेखि ठूला दलका नेताहरूले भेटवार्ता गर्नै पर्ने कुराको रहस्य के हो ?’

सहायक बिदेश मन्त्री डोनाल्डले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?