काँग्रेस सबैको पार्टी हो : सभापति देउवा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताउनुभएको हो ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको बताउनु भयो ।

उहाँले सबै आदिवासी जनजातिहरु सहभागिता,समर्थनमा मात्रै नभइ पार्टीप्रति प्रतिवद्ध हुन जरुरी रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो देश सबैको देश हो, आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश हो । विशेष गरी नेपालको राजनीतिमा सबैको भुमिका सबैको सहभागितामा उदार हुनुपर्ने आवश्यकता छ । साथसाथै सबैलाई कुनै न कुनै किसिमले समावेशी, राजनीतिसहित सबै ठाउँमा, हरेक ठाउँमा उहाँहरुको पनि समावेशी हुन आवश्यक छ । त्यसैले अहिले काठमाडौंमा भेला हुनुभएको छ, धन्यवाद छ । एउटा कुरा के छ भने, हाम्रो पार्टी समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी हो । हाम्रो पार्टीमा बढी भन्दा बढी आदिवासी जनजातिहरुले सहभागिता, समर्थन मात्रै होइन, पूर्ण रुपले जनता नै आदिवासी जनजातिका जनता नै पार्टीप्रति प्रतिवद्ध हुनुपर्छ । सबै जनताको सहभागिता आवश्यक छ, पार्टीमा ।’

सभापति देउवाले सबैलाई सँगै र साथमा लिएर हिँड्न काँग्रेस तयार रहेको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?