अभियान लघुवित्तको तेस्रोे साधारणसभा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अभियान लघुवित्तको तेस्रोे वार्षिक साधारणसभा पनौतीमा संंस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा सम्पन्न भएको छ । । संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले संस्थाको वर्तमान अवस्था र समस्याबारे जानकारी गराउनुभयो ।

सञ्चालक समितितर्पmबाट अध्यक्ष थापाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित हुनुका साथै सञ्चालक समितिले सर्वसाधारण सेयरधनीतर्फबाट उमेश दाहाल र नारायणप्रसाद प्रसाईंलाई सञ्चालकमा मनोनीत गरेको निर्णय पनि साधारणसभाले अनुमोदन गरेको छ । संस्थाका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा संस्थाका सबै वित्तीय सूचांक उत्साहप्रद रहेका छन् । चालू आर्थिक वर्षमै सर्वसाधारणमा सेयर जारी गरेको संस्थाको चुक्ता पुँजी २५ करोड रहेको छ । काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले आर्थिक वर्ष २०७८÷०७९ सम्ममा देशभर २१ जिल्लाका ६० शाखामार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?