जनश्रमदान र सहयोग जुटाएरै हेवाखोलामा डाइभर्सन निर्माण

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 4 mins

पाँचथर । झण्डै एक महिना पाँचथर सदरमुकाम फिदिम सँग सम्पर्क विच्छेद बनेको पाँचथरको फालेलुङ गाउँपालिकाले आफ्नै पहलमा जनश्रमदान र सहयोग रकम जुटाएर फिदिमसँगको यातायात सम्पर्क जोड्न सफल भएको छ ।

पालिकाले विभिन्न सहयोगी दातालगायत बाट करिव २३ लाख रुपैयाँको लागतमा कंक्रिटसहितको डाईभर्सनमार्फत सदरमुकाम फिदिमसंगको यातायात सम्पर्क जोड्न सफल भएको हो ।

काम सुरु गरेको ११ दिनमा कंक्रिटसहितको डाईभर्सन निर्माण कार्य पूरा गरी यातायात सम्पर्क बिच्छेद भएको २८ दिन पछि सदरमुकाम फिदिमसंगको यातायात सम्पर्क स्थापित भएको फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिनुभयो ।

यो पुल बनेसंगै अब फालेलुङ क्षेत्रमा देखिएको दैनिक उपभोग्य बस्तु आयात तथा निर्यात र यातायात सेवाको कठिनाई तत्काललाई हटेको पालिका अध्यक्ष विरविक्रम थाम्सुहाङले बताउनुभयो ।

यो संगै हेंवाखोलाको शिरमा रहेको फालेलुङ घुमाउनेटारबाट फिदिम सम्म यातायात सेवा सुचारु भएको पालिका उपाध्यक्ष महेन्द्र जवेगुले बताउनुभयो ।

फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार गणेशचौक-थर्पु-चरीभञ्ज्याङ-पञ्चमुखी हुँदै हेंवाखोला तरेर सिदिन-आकाशे मार्गमार्फत सदरमुकाम फिदिम पुगिने यो बाटो गत असार २ गते हेंवाखोलाको बाढीले पुल बगाएपछि अबरुद्ध थियो ।

गत असार २ गतेको बाढी र पहिरोले फालेलुङ गाउँपालिकाको वडा नं ३ र ७,३ र ५ तथा ३ र ४ जोड्ने मोटरेवल पुल बगाएपछि पालिकाको एक्लो प्रयासले पुल निर्माण तथा पुर्ननिर्माण कार्य पूरा नहुने भन्दै गाउँपालिकाले गत असार १८ गते बिपदमा परेको पालिकाको सहयोगका लागि सार्वजनिक आह्वान गरेको थियो ।

स्थानीय तह कर्मचारी हकहित मञ्च फालेलुङ गाउँपालिकाबाट आह्वान भएको सहयोग र जनश्रमदानमा स्थानीयले लामै अवधि र मेहनेत खर्चिएका थिए भने देशबिदेशमा रहेका स्थानीयहरुले समेत सहयोग रकम पठाएका थिए ।

यातायात सुचारु गर्नेगरी संकलन भएको श्रमदान र सहयोग रकम अहिले सम्मको काममा पूरै खर्च नभएको तर निर्माणका कामहरु अझै बाँकी रहेको आङ्देम्बेले बताउनुभयो । ‘

मन र मत एक भए जतिसुकै कठिन कार्य पनि सहजै पूरा गर्न सकिन्छ भन्ने यो कार्यले पुष्टी गरेको बताउँदै उहाँले श्रमदान र सहयोग गर्ने सहयोगी हातहरुप्रति आभार व्यक्त गर्नुभएको छ ।

बाढी पहिरोले हेंवाखोला, नवमी खोला, खेउथाम खोला, सेवा खोला समेतमा रहेका पुलसहितका संरचना बगाएपछि यि सबै संरचना एकसाथ बनाउन गाउँपालिकाको एक्लो प्रयास सम्भव नभएको ठहर गर्दै राजनीतिक दल, नागरिक समाज, स्थानीय बासिन्दा, शिक्षक, कर्मचारीसहितको छलफलले श्रमदान र सहयोग आह्वान गर्ने निर्णय लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?