जुम्लाका स्थानीय तह पूर्णखोप सुनिश्चिता घोषणा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता घोषणा गरिएको छ । जिल्लाका आठै पालिकाका १५ महिना मुनिका सबै बालबालिका पूर्णखोपको पहुँचमा पुगेसंगै जुम्ला जिल्लालाई आईतबार पूर्णखोप सुनिश्चिता निरन्तरता तथा दिगोपना जिल्ला घोषणा गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रेम सुमाईले बताउनुभयो ।

यसअघि यहाँका स्थानीय तह पुर्णखोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा भईसकेका छन् । १५ महिनामुनिका सबै बालबालिका अनिवार्य पुर्णखोपको पहुँचमा पुग्नु पर्ने संबैधानिक व्यवस्था र वार्षिक कार्यक्रम अनुसार जुम्लालाई पुर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख सुमाईले जानकारी दिनुभयो ।

जिल्ला पुर्णखोप सुनिश्चिता घोषणा भएता पनि यसको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिनुपर्ने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्याको भनाइ छ ।

पुर्णखोप घोषणा भएपनि अझै खोपबाट बन्चित बालबालिकालाई खोपको पहुँचमा ल्याउन विभिन्न सचेतनाका कार्यक्रम गर्नुपर्ने आवश्यक रहेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । जनस्वास्थ्य सेवा कार्यालयको तथ्यांक अनुसार हाल जुम्लाको खोप कभरेज ७५ प्रतिशत मात्रै रहेको छ । भने करिब २५ प्रतिशत बालबालिका अझै पुर्ण खोपबाट बन्चित रहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?