एन्फा भित्रको विवाद उत्कर्षमा, अविश्वासको प्रस्ताव दर्ता

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईबिरुद्ध अविश्वासको प्रश्ताव दर्ता भएसँगै नेपाली फुटबलभित्रको विवाद एक पटक फेरि उत्कर्षमा पुगेको छ ।

एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका पूर्वमहासचिव इन्द्रमान तुलाधारको नेतृत्वमा रहेको ४९ सदस्यको हस्ताक्षरसहित सोमबार एन्फाका वर्तमान अध्यक्ष नेम्वाङ र महासचिव राईबिरुद्ध अविश्वासको प्रश्ताव दर्ता गराएका थिए । सो टोलीले एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई नै भेटेर अविश्वासको प्रश्ताव दर्ता गराएका हुन् । यससँगै नेपाली फुटबलमा विवाद फेरि उत्कर्षमा पुगेको छ । वर्तमान नेतृत्वले विधान विपरित काम गरेको आरोपसहित नेपाली फुटबलको बिद्रोह पक्षले अविश्वास प्रश्ताव अघि बढाएका छन् ।

संकटा क्लवका अध्यक्ष इन्द्रमान तुलाधरले अविश्वासको प्रश्ताव दर्तासँगै अध्यक्ष निलम्वनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई दर्ता पत्र बुझाएको बताए । पूर्वमहासचिव तुलाधरले अविश्वासको प्रश्ताव भएसँगै अध्यक्ष निलम्वनमा परिसकेकाले वरिष्ठ उपाध्यक्षलाई पत्र बुझाएको बताए । वर्तमान नेतृत्वले विधानविपरीत काम गर्दै आएकाले निलम्वनको प्रश्ताव दर्ता गराएको एन्फाका पूर्वमहासचिव तुलाधारले बताएका छन् ।

एन्फाको विधानलाई पछ्याउँदै आफूहरूले फुटबल बचाउने अभियानमा एकमत भएको बिद्रोही पक्षको भनाइ छ । विधानविपरीत हुन लागेको साधारण सभामा आफूहरू नगएको र आगामी दिनमा पनि नजाने विद्रोही पक्षको आरोप छ ।

डिभिजन लिगका क्लवहरुले सामान्य अवस्थामा भर्चुअल साधारणसभा गर्नु विधानविपरित हुने भन्दै भौतिक उपस्थितिको माग गरेका थिए । उनीहरूले भौतिक उपस्थिती नभए बहिस्कार गर्ने र अध्यक्षबिरुद्ध अविश्वासको प्रश्ताव ल्याउने चेतावनी दिएका थिए । क्लवहरूको चेतावनीलाई बेवास्ता गर्दै एन्फाले आईतवार स्थगित गरेको साधारणसभा एकतर्फी रूपमा सोमवार बोलाएपछि बाध्य भएर अविश्वासको प्रश्ताव अगाडि बढाउनु परेको एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताउनु भयो । साथै उनले नैतिकता आधारमा अध्यक्ष र महासचिवले राजीनामा दिनुपर्ने समेत बताउनु भयो ।

कोरम नपुगेका कारण आईतवार अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा स्थगित भएको थियो । क्लवको विरोधका बाबजुद आईतवारलाई तय गरिएको एन्फाको भर्चुअल साधारणसभामा कुल ८६ सदस्यमध्ये ३८ जनाको मात्र उपस्थिति भएपछि स्थगित गर्नुपरेको हो । एन्फाले आईतवार कोरम नुपेगपछि साधारण सभा सोमवार बोलाउने निर्णय गरेको थियो । सोमवार पनि कोरम नपुगेपछि एन्फाले साधारण सभा स्थगित गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?