ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालतकाे अनुमति

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतसहित १७ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आरोपित सबैमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत समक्ष थप म्याद मागेको थियो ।

न्यायाधीश दयाराम ढकालको इजलासले उनीहरुलाई सरकारी कागजात किर्तेको उजुरीमाथि अनुसन्धानका शिलसशलामा थुनामा राख्न अनुमति दिएको हो ।

असार १२ मा केही आरोपितलाई पक्राउ गरी प्रहरीले मुलुकी ऐन २०२० को किर्ते सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएकोमा काठमाडौं जिल्ला अदालतले संगठित अपराध समेत जोडेर उनीहरूमाथि अनुसन्धानका लागि अनुमति दिएको थियो ।

त्यसयता दुवै कसूरमा आरोपितमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?