भरुवा बन्दुकसहित गोरखाबाट तीन जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

गोरखा । तीन थान भरुवा बन्दुकसहित प्रहरीले गोरखाबाट तीन जालाई पक्राउ गरेको छ । सहिद लखन गाउँपालिका-९ नामजुङबाट तीन जनालाई बन्दुकसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

नामजुङका २४ वर्षीय सन्दीप भुजेल, ३३ वर्षीय पर्वतबाबु थापा र ४८ वर्षीय कुलबहादुर घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

अवैध रुपमा लुकाइछिपाइ भरुवा बन्दुक राखेको सूचनाको आधारमा घर खनतलासी गर्दा १र१ थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखका डीएसपी रमेशकुमार श्रेष्ठले बताउनु भयो ।

भरुवा बन्दुकसहित पक्राउ परेकाहरूलाई आइतबार जिल्ला अदालत गोरखामा हातहतियार तथा खरखजना कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?