धनुषा- ४ : कडा टक्करबीच महेन्द्र यादव अगाडी, थोरै फरक मतले पछ्याउँदै रघुवीर महासेठ

हिमालय टाइम्स
Read Time = 1 min

जनकपुरधाम। धनुषा-४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता कायम राख्नुभएको छ ।

यादवले अहिलेसम्म २७ हजार २०६ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी एमाले सचिव रघुवीर महासेठले २६ हजार ५२० मत ल्याउनुभएको छ ।

दुईजना नै पदाधिकारी लेभलको नेता भएकाले यहाँ हेभिवेट प्रतिस्पर्धा छ । यादव कांग्रेसका सहमहामन्त्री हुनुहुन्छ । मधेसमा गणना बाँकी यही एक क्षेत्र भएकाले धनुषा-४ प्रतिक्षा र चासोको क्षेत्र बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?