‘बिएफआई लण्डन फिल्म फेष्टिभल’को प्रतिनिधिमा भरत रेग्मी छनोट

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली चलचित्र तथा म्युजिक भिडियोका स्थापित सम्पादक भरत रेग्मी लण्डनमा आयोजना हुने ६७औं संस्करणको बिएफआई लण्डन फिल्म फेष्टिभलमा डेलिगेट्स (प्रतिनिधि)को रूपमा छनोट हुनुभएको छ । आयोजकले विश्वका सिमित व्यक्तित्वलाई डेलिगेट्सको रुपमा छनोट गर्ने क्रममा नेपालबाट रेग्मीलाई छनोट गरेको हो ।

रेग्मीले सामाजिक सञ्जालमार्फत उक्त फेष्टिभलमा डेलिगेट्सको रूपमा नेपालबाट आफू छनोट भएकोमा खुशी व्यक्त गर्दै आयोजक संस्थालाई धन्यवाद दिनुभएको छ । महोत्सवमा सहभागिता जनाउन रेग्मी लण्डन प्रस्थान गर्ने तयारीमा हुनुहुन्छ ।

दुई महिनाअगाडिदेखि पेपर वर्क, प्रोजेक्ट वर्क तथा डकुमेन्टेशन रिभ्यू गरेर उहाँलाई आयोजकले डेलिगेट्सको रूपमा छनोट गरेको हो । ‘उक्त महोत्सवमा नेपालबाट म एकजनामात्र छनोट भएको छु’, रेग्मीले भन्नुभयो, ‘डेलिगेट्सको रूपमा छनोट भएपछि फेष्टिभलका लागि छनोट भएका फिल्महरू हेरेर रिभ्यू गर्न फेष्टिभलको सिष्टममा अनलाइन एक्सेस दिएको छ । म अहिले अनलाइनबाट ती फिल्महरू हेरिरहेको छु । सबै फिल्मको रिभ्यू फाइन फेष्टिभलमा जुरी टिमलाई दिनुपर्छ ।’

रेग्मीका अनुसार यो फेष्टिभलले यो वर्षसम्म ६७ वर्ष पूरा गर्दैछ । यो फेष्टिभलको नयाँ संस्करणका लागि पनि विश्वव्यापी फिल्महरू छनोट भएका छन् । ‘यसरी एउटा अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलको डेलिगेट हुन पाउनु मेरो लागि एउटा ठूलो अवसर हो, रेग्मी भन्नुहुन्छ, ‘आज नेपालबाट बुसान, कान्स जस्ता फेष्टिभलमा जस्तै लण्डनको विश्वप्रसिद्ध तथा विशाल फिल्म फेष्टिभलमा डेलिगेटको रूपमा सहभागी हुन पाउनु आफैंमा ठूलो कुरा हो । अझ फिल्म एडिटरको रुप्मा यसरी अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा डेलिगेटको रूपमा छनोट भएको शायद अरू कोही छैन होला, म नै पहिलो हो जस्तो लाग्छ । त्यसैले पनि म धेरै खुशी छु ।’

‘अन्तर्राष्ट्रिय फिल्म प्रोफेशनलसँगको सहकार्यमा धेरै फरक स्टोरी टेलिङ, कन्टेन्ट क्रिएसन, मेकिङका कुरा सिक्ने अवसर पनि हो मेरो लागि’, उहाँ भन्नुहुन्छ । ब्रिटिश फिल्म इन्स्टिच्यूटको सहकार्यमा लण्डनमा हरेक वर्ष यो फेष्टिभल आयोजना हुँदै आइरहेको छ । यो वर्षको फेष्टिभल अक्टोबर ५ देखि १५ सम्म अर्थात् दुई हप्तासम्म सञ्चालन हुनेछ ।

बिएफआई फिल्म फेष्टिभलमा विश्वका ७० भन्दा बढी देशका २४० वटा फिचर फिल्म तथा १५० वटा सर्ट फिल्महरू सहभागि हुन्छन् । फेष्टिभलका लागि विश्वभरीबाटै प्रोफेशनलहरू मध्येबाट डेलिगेटहरूको छनोट हुने आयोजक संस्थाले जनाएको छ । डेलिगेटहरूले फेष्टिभलको हरेक समारोह, सेसन तथा सम्मेलनमा भाग लिनुपर्ने हुन्छ । उनीहरूले मनोनयनमा परेका सबै फिल्म हेरेर निर्णायक मण्डलीलाई आफ्नो प्रतिक्रिया दिनुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?