ट्रक दुर्घटनामा एक जनाको मृत्यु‚ दुई जनाको अवस्था गम्भीर

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 1 min

पाँचथर । मेचीराजमार्ग अन्तर्गत पाँचथर ।को हिलिहाङ गाउँपालिका वडा न. ७ भारपामा आईतबार साझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका वडा न. ७ बस्ने ३८ वर्षिय लक्ष्मी तामाङ रहेका छन् ।

गम्भीर घाईते हुनेहरुमा चालक हिलिहाङ गा.पा.७ बस्ने ४५ वर्षिय ज्ञानु भन्ने पारसमणि थापा र सोही स्थान बस्ने ३१ वर्षिय जिवन गदाईली रहेका छन् । उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दिवश कुँवरले जानकारी दिनुभयो ।

फिदिमबाट ताप्लेजुङ तर्फ जाँदै गरेको ना २ ख ९२१५ नम्वरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल झरेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?