भदौमा ‘जुलेबी’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘जुलेबी’ भदौ १ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ । चार महिला पात्रको प्रेमकथामा आधारित चलचित्र ‘जुलेबी’को प्रदर्शन मिति तय गरिएको हो । निर्माण टिम र वितरण कम्पनी डिसीएनबीच सम्झौतासँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

चलचित्रको डिजिटल राइट्स पनि बिक्री गरिएको छ । डिएआर मुभिजले ‘जुलेबी’ को डिजिटल राइट्स खरिद गरेको हो । डिएआर मुभिजका श्याम धिताल र चलचित्रका कार्यकारी निर्माता नवीन भट्टबीच डिजिटल अधिकारको सम्झौता भएको हो । केही समय डिजिटल राइट्सको कामबाट अलिक सुस्त रहेको डिएआरले अब नियमित डिजिटलको काम गर्ने र चलचित्रहरू खरिद गर्ने बताएको छ ।

चलचित्रको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा हुनुहुन्छ । चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको पनि अभिनय छ । एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिनुभयो ।

फोर क्युब इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गर्नुभएको हो । यसअघि उहाँले चलचित्र ‘मञ्जरी’, ‘गाजा बाजा’को निर्देशन गर्नुभएको थियो । विवेक खड्काको छायांकन र अञ्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको छ । चलचित्रको निर्माता आभा शर्मा नेपाल हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?