नयाँ आर्थिक वर्षको पहिलो दिन, आज कस्तो छ सुनचाँदीको बजार भाउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सोमबारदेखि नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो । सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर छ । आइतबार पनि गत साताको शुक्रबारको तुलनामा चाँदीको मूल्य स्थिर कायम थियो ।

यससँगै, सोमबार चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?