नेपाल वायुसेवाका दुई वटा न्यारोबडी ग्राउन्डेड, निगमले माग्यो यात्रुसँग क्षमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  नेपाल वायुसेवा निगमले विमान ग्राउन्डेड गर्नुपरेकोमा यात्रुसँग क्षमा मागेको छ । चरा ठोक्किएका कारण दुइटा न्यरोबडी विमानलाई ग्राउन्डेड गर्नुपरेपछि निगमले यात्रुसँग क्षमा मागेको हो ।

दुइटा जहाज एकैपटक ग्राउन्डेड हुँदा पूर्वनिर्धारित उडान सुचारु गर्न दुइटा वाइडबी विमान रहेको भन्दै निगमले न्यारोबडी विमानबाट हुनुपर्ने उडानका यात्रुसँग क्षमायाचना गरेको हो ।

सामाजिक सञ्जालमार्फत निगमले जारी गरेको विज्ञप्ती भनिएको छ, ‘यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगम क्षमाप्रार्थी छ ।’

जहाज अभावका कारण निगमले आइतबार मलेसिया उडान रद्द गरेको थियो  । जसका कारण मलेसिया जाने १५१ र काठमाडौं आउने १०८ जना यात्रु अलपत्र परे ।
निगमको नाइन नोभेम्बर–अल्फा किलो ह्विस्की जहाज सोमबार बेलुकीबाट उड्ने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?