एसियाड खेल्ने खेलाडीलाई काठमाडौं तेक्वान्दोको प्रोत्साहन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा सहभागी हुने काठमाडौं जिल्लाका खेलाडीलाई काठमाडौं जिल्ला तेक्वान्दो संघले प्रोत्साहन स्वरूप ट्र्याकसुट र टिसर्ट प्रदान गरेको छ । काठमाडौं जिल्लाबाट आयशा लामा र अञ्जली तामाङ एसियाडमा सहभागी हुँदैछन् । सोही अवसरमा तेक्वान्दो टोलीका प्रशिक्षकत्रय टीकाबहादुर लिम्बू, कविराज खड्गी र कुमार लामा घिसिङलाई पनि ट्र्याकसुट र टिसर्ट प्रदान गरिएको थियो ।

काठमाडौं जिल्ला तेक्वान्दो संघले आफ्नै नवनिर्वाचित पदाधिकारीको परिचयात्मक कार्यक्रम तथा तेक्वान्दो डोजाङ/स्कुलका प्रमुखलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा एसियाडमा सहभागी हुने उनीहरूलाई ट्र्याकसुट र टिसर्ट प्रदान गरिएको हो ।
तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले उनीहरूलाई ट्र्याकसुट हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा मेयर महर्जनले तारकेश्वर नगरपालिकाले चालु आर्थिक वर्षमा खेलकुदका लागि एक करोड बजेट विनियोजन गरेको बताउँदै हरेक स्थानीय तहले राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यममध्येको एक खेलकुदलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष खड्गीले काठमाडौं जिल्ला तेक्वान्दो संघको नयाँ कार्यसमितिको एकमात्र उद्देश्य निस्वार्थ ढंगले तेक्वान्दोको विकास र विस्तारमा लाग्नु रहेको बताउनुभयो ।

कार्यक्रमका दौरान खेल खेल्ने क्रममा घाइते हुनुभएका युन्सुब तेक्वान्दो डोजोङका खेलाडी आयुश सिंह ठकुरीको उपचार गर्न आर्थिक सहयोगका लागि आहृवान गरिएको थियो । सो क्रममा मेयर महर्जन र नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले समान १०-१० हजार तथा धर्मस्थली तेक्वान्दो डोजाङका प्रमुख सानुबाबु महर्जनले पाँच हजार आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?