दक्षिण कोरियामा बाढीले कम्तीमा ३९ जनाको निधन, उद्दारमा लाग्न राष्ट्रपतिको निर्देशन

Read Time = 2 mins

सोल । दक्षिण कोरियामा केही दिनदेखिको अविरल वर्षापछि आएको विनाशकारी बाढी र पहिरोमा परी कम्तीमा ३९ जनाको निधन भएको छ । बाढीले दर्जनौं नागरिकको ज्यान लिएर ठूलो क्षति गरेपछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले उद्दार र पुनःस्थापनाका लागि सकेजति सबै प्रयास गर्न निर्देशन दिनुभएको छ ।

मृत्यु हुनेमा सोमबार उत्तरी चुङचेओङ प्रान्तका १३ जना थपिएका हुन् । युक्रेनको भ्रमणपछि सियोल फर्किनुभएका राष्ट्रपति योलले प्रकोपको प्रतिक्रियाका लागि अन्तर एजेन्सी बैठक बोलाउँदै अधिकारीलाई सबै प्रयास गर्न भन्नुभएको छ ।

‘दुःखलाई दबाउन कुनै उपाय छैन । भारी वर्षामा परी ज्यान गुमाएकाको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा सान्त्वनाको कामना गर्दछु’, राष्ट्रपतिले भन्नुभएको छ ।

ग्रीष्मकालीन मनसुन सिजनको उच्च विन्दुमा रहेको दक्षिण कोरियामा जुलाई ९ देखिको भारी वर्षाले जनजीवन प्रभावित भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?