उद्योगी धरपकडविरुद्ध सिमेन्ट उत्पादक संघ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बिनाअनुसन्धान मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको भन्दै नेपाल सिमेन्ट उत्पादक संघले आपत्ति जनाएको छ । कुनै व्यक्तिले घर बनाउँदा बनाउँदै भत्किएको घटनामा थप अनुसन्धान नगरी उजुरीकै आधारमा पक्राउ पुर्जी जारी गरिएको भन्दै संघले आपत्ति जनाएको हो । संघका अनुसार सोही उजुरीका आधारमा उद्योगका सञ्चालकसहित दुर्ई दर्जन व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले सोही घटनामा कम्पनीका बिजेनस डाइरेक्टर ज्योति शर्मालाई पक्राउ गरेको छ । पूर्वाधार निर्माणमा सिमेन्टको मात्रै भूमिका नहुने भन्दै अन्य निर्माण सामग्रीको प्रयोगलगायत प्राविधिक विषयमा अनुसन्धान नगरी एकपक्षीयरूपमा उद्योगीलाई निशाना बनाइएको संघको दाबी छ । उद्योगीलाई अनावश्यक दुःख दिने उद्देश्यले पक्राउ पुर्जी जारी भएको विरोधपछि प्रशासन दबाबमा परेको थियो ।

कुनै व्यक्तिले विषयलाई अन्यत्र मोडेर निहित स्वार्थका लागि दिएको उजुरीका आधारमा अर्बाैंको लगानी गर्ने, करोडौं राजस्व र हजारौंलाई रोजगारी दिने उद्यमी व्यवसायीलाई थुन्ने तथा पक्राउ पुर्जी जारी गर्ने जस्ता कार्य गर्नु समग्र औद्योगिक वातावरणमा नकारात्मक असर पर्ने संघको भनाइ छ । गुणस्तरसम्बन्धी विषयमा आकर्षित हुने कारबाही सम्बन्धित ऐन नियमअनुसार नै हुनुपर्ने कानुनी व्यवस्थालाई विषयान्तर गरी ठगी(आपराधिक) मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरिनु र उद्योगीलाई पक्राउ गर्ने जस्ता क्रियाकलापले लगानीकर्ता हतोत्साहित हुने र यस्ता क्रियाकलापबाट देशलाई फाइदा नहुने संघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?