दीर्घकालीन सोच र स्पष्ट मार्गचित्र नहुँदाको परिणाम भोग्दै हामी

Read Time = 13 mins

हामीले जान्दादेखि यहाँ धेरै सरकार बने, व्यवस्था बदलियो तर जनताको अवस्था बदलिन सकेन । जबसम्म देशमा जनताको अवस्था बदलिँदैन तबसम्म देशमा दीर्घकालीन शान्ति स्थापित हुन सक्दैन । यो कुरा शासकले बुझ्न जरूरी छ । दीर्घकालीन सोच योजना र स्पष्ट मार्गचित्र बनाएर जबसम्म सरकारअघि बढ्न सक्दैन तबसम्म यहाँ केही हुँदैन । असन्तुष्टिका स्वरहरू सडकमा दिनहुँजसो आइरहेका छन् । समस्या सबैलाई परेको छ । जब समस्या पर्दछ तब जनता सडकमा आउँछन् । उकुसमुकुस भएपछि मात्र जनता घरबाट बाहिर निस्कन्छन् । यो बाध्यता हो । बाध्यता नपरी कोही बाहिर निस्कँदैनन् । भरिसक्य देशमा द्वन्द्व निम्त्याउन दिनुहुँदैन ।

यसको समाधान खोज्ने बाटोतर्फ नै अघि बढ्नुपर्छ । हिजो हामीले द्वन्द्व भोगेर आएको हो । अबका पुस्ताले द्वन्द्व भोग्न नपरोस् । हामी गम्भीरताका साथअघि बढ्नुपर्ने आवश्यकता देखिएको छ । लामो समयदेखि नै हाम्रो देशमा बेरोजगारी समस्या बढ्दै गएको छ । यो हाम्रो देशका लागि गम्भीर चुनौतीको विषय हो । यो चुनौतीलाई पार गर्न सबै एक हुनुपर्ने आवकश्यकता छ । हाम्रो देशमा जुन किसिमले बेरोजगारी समस्या देखिएको छ यो समाधान गर्नुपर्ने दायित्व सरकारको हो । देशमा दिगो शान्ति कायम हुन नसके विकास र समृद्धि आउन सक्दैन । आज मुलुकभित्र लाखौं लाख शिक्षित युवायुवती बेरोजगार भएर सडकमा भौँतारिन बाध्य छन् । आखिर यो कहिलेसम्म हो ?

यदि युवालाई कृषि कर्ममा लगाउन सकियो भने विदेशिने पैसा स्वदेशमै रोक्न सकिन्छ । अब राज्यले दीर्घकालीन योजना बनाएर युवालाई सीपमूलक शिक्षामा जोड दिनुपर्छ । सरकारी निकाय तथा निजी क्षेत्रले समयमै स्वदेशमा रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो ।

अब नगरेको कहिले गर्ने हो ? देशको भविष्य सपार्न युवाले देशमा काम पाउनुपर्छ । युवा कामविहीन छन् । राम्रो, नराम्रो केही काम छैन यहाँ । काम नपाएपछि कैयौं मान्छे विरक्तिएका छन् । यो राम्रो होइन । कैयौं युवायुवतीहरू स्वदेशमा आफ्नो भविष्य नदेखेर विदेश पलायन हुन बाध्य छन् । यो हाम्रो देशको यथार्थ हो । विदेश पलायन हुनु भनेको रहर होइन, बाध्यता हो । शिक्षित युवा विकसित राष्ट्रहरूमा गएका छन् भने कम पढेलेखेका युवायुवती खाडी मुलुकतिर श्रम गर्न बाध्य छन् । युवा युवतीहरूको अभावले ग्रामीण भेगतिर खेतबारीहरू बाँझा छन् । खेतीपाती गर्ने मान्छे नभएपछि कृषि उत्पादन घट्दो छ ।

यो हाम्रो नेपालको यथार्थ चित्रण हो । गाउँमा वृद्धवृद्धामात्र बाँकी छन् । गाउँमा कोही मान्छे बिरामी पर्दा अस्पताल पुर्‍याउने र मर्दा लास उठाउने मानिसको अभाव छ । हाम्रो देशमा राजनीतिक परिवर्तन पटक-पटक भए तर बेरोजगार र आर्थिक रूपमा विपन्न समुदायको समस्या ज्युँका त्युँ छन् । बेरोजगार र गरिब जनतालाई अगाडि देखाएर सत्तास्वार्थको भर्‍याङ चढ्ने प्रवृत्ति धेरै बढेर गयो । राजनीतिक दल र तिनका नेताहरू बेइमान भए । सत्तामा पुगेपछि सबैकुरा बिर्सने प्रवृत्ति नेताहरूमा हावी भयो । देशमा गरिबीको संख्या बढिरहेको छ । दैनिक कमाएर बिहान-बेलुकाको छाक टार्नसमेत धौधौ छ । बेरोजगार युवाको परिचालन तथा व्यवस्थापनमा राज्यले जति गर्नुपर्ने थियो, त्यति गर्न नसक्दा समस्या थप बल्झिएको हो ।

यदि युवालाई कृषि कर्ममा लगाउन सकियो भने विदेशिने पैसा स्वदेशमै रोक्न सकिन्छ । अब राज्यले दीर्घकालीन योजना बनाएर युवालाई सीपमूलक शिक्षामा जोड दिनुपर्छ । सरकारी निकाय तथा निजी क्षेत्रले समयमै स्वदेशमा रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो । मानिसलाई बाँच्नका निम्ति गाँस, बास र कपास अत्यावश्यक वस्तु हुन । यी कुराको जोहो गर्न रोजगारी चाहिन्छ । देशमा बेरोजगारको स्थिति भयावह बन्दै गएको छ । रोजगार गुमाएका आमश्रमिकहरूका लागि सरकारले रोजगारको वैकल्पिक उपायखोज्नुपर्ने जरुरी देखिएको छ । जुन देशमा जनशक्तिको अभाव हुन्छ त्यो देशको उत्पादनमा कमी आउँछ ।

यसको मुख्य कारण देशमा उत्पादन नहुनु र उत्पादन गर्ने जनशक्ति पलायन हुनु हो । देशमा भएका जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । नेपालमा भएका जनशक्तिको सदुपयोग गरेर सरकारले फाइदा लिन सक्नुपर्छ । सरकारले स्वदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा ध्यान दिनुपर्छ । अहिले स्वदेशमा दक्ष जनशक्तिको अभाव छ । पर्यटनको ठूलो सम्भावना रहेको नेपालमा पर्यटकीयस्थल विस्तारमा जोड दिँदा राम्रो हुन्छ । त्यसैगरी कृषि वा पशुपालनमा युवाहरूलाई आकर्षित गर्ने खालका योजना तर्जुमा गर्नुपर्ने आवश्यकता देखिएको छ । सरकारले स्वदेशमा नै प्राविधिक शिक्षाको विस्तार गर्नुपर्छ ।

प्राविधिक शिक्षाले केही हदसम्म रोजगारीको सुनिश्चिता गर्छ । अहिले आत्मनिर्भरता, विकास र समृद्धिका कुरा ओझेलमा परेका छन् । रोजगारीका अवसर गुमेका छन् । समाजवाद उन्मुख अर्थतन्त्र संकटमा छ । त्यसका आधारशिला खडा गर्ने काममा चुनौती देखिएको छ । अब सबैले देशका बारेमा सोच्ने बेला आयो । देश बनाउन सबै एकजुट हुनुपर्छ । हामी नेपाली जनता एकजुट नभएसम्म देशको विकासले गति लिन सक्दैन । देशमा बेरोजगारी समस्या दिन प्रतिदिन बढदै गएको छ । यसको समाधान नै अहिलेको प्रमुख आवश्यकता हो । बेरोजगारी समस्याले सबैलाई पिरोलेको छ ।

युवा जनशक्ति विदेश पलायन हुनुभनेको देशका लागि डरलाग्दो अवस्था हो । कोही रहरले विदेश गएका छैनन्, त्यो त बाध्यता हो देशमा युवा जनशक्तिको अभाव छ । ग्रामीण भेगतिर खेतबारी बाँझा छन् । यो राम्रो कुरा होइन ।

बेरोजगारी समस्या गम्भीर चुनौतीको रूपमा खडा भएको छ ।यो चुनौतीलाई पार गर्न जरुरी छ । अहिले देशमा जुन किसिमले बेरोजगारी समस्या देखिएको छ, यसको छिटो हल गरिनुपर्छ । बेरोजगारी समस्या समाधान गर्नुपर्ने दायित्व सरकारको हो । सरकारलाई सबै नेपाली जनताले सहयोग गर्नुपर्छ । सरकारको एकल प्रयासले मात्र केही हुँदैन । सरकारलाई गाली गरेरमात्र हुँदैन । आज मुलुकभित्र लाखौं लाख शिक्षित युवायुवतीहरू बेरोजगार छन् । यो समस्या गम्भीर हो । कैयौं युवायुवतीहरू स्वदेशमा आफ्नो भविष्य नदेखेर विदेश पलायन छन् । युवा जनशक्तिलाई विदेश पठाएर देशको विकास हुन सक्दैन । देश रेमिट्यान्सले चल्नेमात्र भएको छ । अहिले देखिएको यो हो ।

युवा जनशक्ति विदेश पलायन हुनुभनेको देशका लागि डरलाग्दो अवस्था हो । कोही रहरले विदेश गएका छैनन्, त्यो त बाध्यता हो देशमा युवा जनशक्तिको अभाव छ । ग्रामीण भेगतिर खेतबारी बाँझा छन् । यो राम्रो कुरा होइन । खेतीपाती गर्ने मान्छे नभएपछि के हुन्छ ? खेतबारीहरू बाँझा हुन्छन् । अहिलेको राजनीतिक गतिविधि हेर्दा जनता निराश देखिन्छन् । जनतामा निराशा आउनु भनेको राम्रो संकेत होइन । आज देशको अवस्था बिग्रँदै गएको छ । विगतमा आन्दोलनका बलमा भएका परिवर्तनबाट जनताले के पाए ? जनताको जीवनशैलीमा परिवर्तन आयो कि आएन ? यी प्रश्नको जवाफ नेताहरूले दिनुपर्छ । आन्दोलन नेताहरूको कुर्सीका लागि हो ।

सरकार जनताप्रति उत्तरदायी हुन जरुरी छ । नेपाली जनता कसरी आफ्नो जीविकोपार्जन गर्ने भन्ने चिन्तामा छन् । राजनीति भनेको देश र जनताको हक-अधिकारका लागि हुनुपर्छ । तर देशमा नेताहरूले सत्तास्वार्थका लागि मात्र राजनीति गरे । जसको कारण राजनीति फोहोरी खेलमा परिणत भयो । राजनीतिमा मौलाएको विकृति, विसंगतिलाई नहटाएसम्म देश बनाउन सकिँदैन । आमयुवापुस्तालाई राजनीतिप्रति उत्साह जगाउन पुराना पुस्ताका नेताहरूमा सुधार आउन जरुरी छ । अहिले नेपाली जनता अन्यौलमा छन् । नेताहरूले जति चर्का कुरा गरे पनि मुलुक बन्न सकिरहेको छैन । त्यसैले अब युवापुस्तालाई सत्ता सञ्चालन गर्ने अवसर दिनुपर्छ ।

देशमा भ्रष्टाचार बढिरहेको छ । जबसम्म देशमा निःस्वार्थ भावनाका नेता तथा कर्मचारी हुँदैनन् तबसम्म देशमा भ्रष्टाचारको अन्त्य हुँदैन । अब देशलाई दूरदर्शी र विकासप्रेमी नेताको आवश्यकता छ । गफ गर्ने काम नगर्ने नेताहरूलाई जनताले समयमै चिन्न सक्नुपर्दथ्यो । समय भनेको चुनावको बेलामा हो । चुनावका बेला यस्ता नेताहरूलाई भोट नदिएर रोकेको भए हुँदैनथ्यो । समयमा बुद्धि नआएपछि अहिले के गर्ने ? पछुताउनुबाहेक अरू के नै रहृयो र । नागरिकले चुनावको समयमा बुद्धि पुर्‍याउन सकेको भए राम्रा नेता जनप्रतिनिधि भएर आउँथे । राम्रा जनप्रतिनिधि जनताले छान्न सकेको भए आज देश विकासको गतिमा अघि बढिसक्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?