विद्यालयले खरिद गरेको शैक्षिक सामग्रीमा अनियमितता, प्रअलाई भ्रष्टाचारको आरोप

हिमालय टाइम्स
Read Time = 5 mins

-सरोज निरौला
उदयपुर । उदयपुरको एक आधारभुत विद्यालयलाई सामाग्री खरिद गर्दा व्यापक अनियमिता गरेको भन्दै भ्रष्टाचारको आरोप लागेको छ । उदयपुरको ताप्ली गाउँपालिका–४ स्थित आधारभुत थुम्की पिपलबजारले खरिद गरेको सामाग्रीमा व्यापक अनियमितता भएको पाइएको छ ।

क नमुना प्रारम्भिक बाल विकास कक्षा ब्यवस्थापन गर्न शैक्षिक तथा खेलकुद सामग्री, फर्निचरलगायत खरिद गर्न ताप्ली गाउँपालिकाले दिएको बजेटको दुरुपयोग भएको पाइएको हो ।

गाउँपालिकाका अनुसार सो विद्यालय पालिकाभरीकै नमूना प्रारम्भिक बाल विकास केन्द्रको रुपमा घोषणा गरेर बालबालिकाको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामग्री र फर्निचर खरिद गर्न बजेट व्यवस्था गरिएको बताइएको छ ।

थोरै मूल्यमा सामग्री खरिद गरेर भ्रष्टाचार गरेको हुनसक्ने भन्दै अहिले सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । गाउँपालिकाले दिएको पाँच लााख अनुदान रकमबाट खरिद गरिएका सामग्रीका नाम सबै हिन्दीमा लेखिएको हुनाले कम मूल्यमा खरिद गरी बढी बील देखाई दुई लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोप उनीहरूको छ । शैक्षिक सामग्री तथा फर्निचरलगायत खरिदमा भ्रष्टाचार गरेको अभिभावकहरूको आरोप छ ।

विद्यालयले खरिद गरेको शैक्षिक सामाग्रीसमेत हिन्दी (भारतीय) भाषामा लेखेको पाइएको छ । विद्यालयले खरिद गरी ल्याएको शैक्षिक सामग्रीको नाम हिन्दी भाषामा उल्लेख गरेको पाइएको छ । चार्टमा रातो रङलाई ‘लाल’ भनेर उल्लेख गरिएको छ भने पहेँलोलाई ‘पला’, कालेलाई ‘काला’ लेखिएको छ । त्यसैगरी जनावर अंकित अर्को सामग्रीमा पनि हिन्दी भाषामै लेखेको पाइएको छ । जनावर चिनाउने नाममा गोरुलाई ‘बैल’, बाख्रालाई ‘बकरी’, कुकुरलाई ‘कुत्ता’ भनेर लेखिएको छ ।

बालबालिकालाई विभिन्न बस्तु, रङ, जनावर र सामानहरुको नेपाली नाम चिनाउन प्रयोगमा ल्याइने यस्ता सामग्री नै हिन्दी भाषामा लेखेको पाइएपछि स्थानीय अभिभावकले विरोध गरेका छन् । उनीहरूले प्रधानाध्यापक (प्रअ) एकराज पोखरेलले गैरजिम्मवारी तरिकाले काम गरेको गुनासो गरेका छन् ।

प्रअ पोखरेलले आफुखुसी गाउँपालिकाबाट विनियोजित पाँच लाखको सामान खरिद गरेको पनि उनीहरूको आरोप छ । प्रअ पोखरेलले दमक पुगेर खरिद गरेको सामग्रीमा कमजोरी पाइएको भन्दै आत्म आलोचना गरेका छन् । हतारमा काम गर्दा कमजोरी भएको भन्दै उनले केही सामान फिर्ता गरेर अर्को मगाएको तथा बढी पैसा फिर्ता लिएको बताए ।

ताप्ली ४ का वडाध्यक्ष उमेश मगरले प्रअबाट कमजोरी भएको भन्दै सुधार गर्न सचेत गराएको बताए । सामग्री खरिद गर्दा यस्तो गल्ती कसरी हुन गयो भन्ने बारे विस्तृत जानकारी वडालाई बुझाउन प्रअलाई पत्राचार गरेको पनि उनले बताए ।

गाउँपालिका अध्यक्ष ढुंगराज बिकले विद्यालयमा नमुना प्रारम्भिक बाल विकास कक्षा ब्यवस्थापन गर्ने उदेश्यलिे शैक्षिक तथा खेलकुद सामग्री, फर्निचरलगायत खरिद गर्न दिइएको बजेटको दुरुपयोग भएको खवर आएको बताए । त्यसबारेआवश्यक जानकारी लिने काम भईरहेको र गलत भएको भए प्रअलगायत सरोकारवालाहरुमाथि कानुनी कारबाही गर्न गाउँपालिका पछि नपर्ने पनि अध्यक्ष विकले बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?