काठमाडौं । चलचित्र ‘रंगेली’को इन्ट्रो टिजर सार्वजनिक गरिएको छ । सोमबार माघे संक्रान्तिको अवसर पारेर चलचित्रको टिजर सार्वजनिक गरिएको हो । आगामी फागुन २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको एक मिनेट ३७ सेकेण्ड लम्बाईको टिजरमा अभिनेताद्वय दयाहाङ राई र अर्पण थापाबीचको दुश्मनीलाई देखाइएको छ ।
अर्जुन सुवेदी निर्देशित यो चलचित्रमा अभिनेत्री मिरुना मगर भने शान्त स्वभावमा थारू युवतीको रूपमा चित्रित हुनुहुन्छ । निर्देशक सुवेदी स्वयंको लेखन रहेको चलचित्रमा प्रवीण खतिवडा, रमेश बुढाथोकी, शेखर चापागाईं, प्रभाकर न्यौपाने, सन्तोष सरकारलगायतको पनि विशेष भूमिका छ ।
हर्क साउद, अर्जुन सुवेदी र सविन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको चलचित्रलाई सुशन प्रजापतिले छायांकन गर्नुभएको हो । चलचित्रका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुजजंग थापा हुनुहुन्छ । निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुनुहुन्छ भने सह निर्मातामा युवक कार्की र शिवशंकर चौलागाईँ हुनुहुन्छ । विवेक खड्का (योलो) एशोसिएट निर्माता रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच