देउवाले बुझ्न अस्वीकार गरेको कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन कार्यालयमा बुझाइने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  नेपाली कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन बुझ्न पार्टी केन्द्रीय कार्यालयमा बुझाइने भएको छ । सभापति शेरबहादुर देउवाले बुझ्न अस्वीकार गरेपछि कार्यालयमा प्रतिवेदन बुझाइन लागेको हो ।

केन्द्रीय कार्यसमितिको बैठकअघि प्रतिवेदन बुझाउन लागिएको छ । पार्टी कार्यालयमा मुख्यसचिवमार्फत् प्रतिवेदन दर्ता गराउने कार्य भइरहेको छ ।

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान चलाउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?