औषधि अभावमा गाजाका नौ हजार क्यान्सरपीडितको जीवन जोखिममा

Read Time = 2 mins

गाजा । अत्यावश्यक औषधिको अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरपीडित सर्वसाधारणको जीवन जोखिममा परेको प्यालेष्टाइनका एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् । गाजा पट्टीमा क्यान्सर रोगी निदान र उपचारको अभावबाट पीडित भएका तथा त्यहाँको जनसंख्यामा क्यान्सर रोगीहरूको संख्या बढ्दै गएको गाजा क्यान्सर केन्द्रका महानिर्देशक सुभी स्काइकले बताउनुभएको छ ।

महानिर्देशक स्काइकले विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई उद्धृत गर्दै ट्युमरको उच्च दरबारे जानकारी दिँदै सन् २०२१ मा गाजामा प्रति एक लाखमा ९० प्रतिशत भन्दा बढी क्यान्सरबाट पीडित भएको बताउनुभएको छ । पत्रकारसँगको कुराकानीमा उहाँले यो संख्या सन् २०४० सम्ममा दोब्बरले बढ्ने अनुमान गरिएको बताउनुभयो । गाजामा हाल क्यान्सर मृत्यु दर १२.५ प्रतिशत छ ।

गाजाका बिरामीलाई रोगको निदानका लागि रेडियोथेरापी र आणविक औषधिमा पहुँच छैन । इजरायलको यात्रा प्रतिबन्धले उनीहरू वेष्ट बैंक वा पूर्वी जेरुसेलममा उपचार गराउन बाध्य छन् । स्वास्थ्य अधिकारीले गाजा क्षेत्रका क्यान्सर बिरामीको जीवन बचाउन अन्तर्राष्ट्रिय समुदाय र सम्बन्धित अधिकारीलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन् । सन् २००७ मा इस्लामिक प्रतिरोध आन्दोलन (हमास) ले गाजाको तटीय क्षेत्र कब्जामा लिएपछि त्यहाँ बसोवास गर्ने करिब २० लाख प्यालेस्टिानी इजरायली नाकाबन्दीको पीडामा बाँचेका छन् । रासस/सिहृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?