सबै स्थानीय तहमा कृषि कम्पनी स्थापनाको घोषणा

Read Time = 2 mins

काठमाडौं । ‘हाम्रो अभियान-हामी बनाउँछौं हाम्रो देश’ अभियानले सबै स्थानीय तहमा कृषि कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । अभियानले सकारात्मक टिसर्ट क्रान्तिमार्फत् मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने भन्दै यस्तो घोषणा गरेको हो ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका अध्यक्ष हरि अधिकारीले देशमा विद्यमान समस्या समाधान गर्न दलहरू उदासीन बनेको भन्दै देशमा कृषि क्रान्तिको नारा घन्किएको २०औं वर्षमा पनि क्रान्ति नभएको गुनासो गर्नुभयो ।

देश बनाउन सबै युवाहरू पार्टीको विचारभन्दा माथि उठ्नुपर्ने भन्दै उहाँले अभियानले कृषि कम्पनीमार्फत् निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यावसायीकरणमा रूपान्तरण गर्ने बताउनुभयो । कृषि कम्पनीमार्फत् २५ देखि ३० लाखलाई रोजगारी दिन सकिने अभियानको दाबी छ । अध्यक्ष अधिकारीले भन्नुभयो, ‘अब खेतीयोग्य जमिन बाँझो रहने छैनन् । हामी उत्पादनको बजारीकरण गराउने छौं । देशको अर्थतन्त्रमा ठूलो टेवा पु¥याउने छौं । हरित क्रान्तिमार्फत् देशमा पर्यटक भित्र्याउने छौं । ’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?