सेनाको संख्या घटाउनु पर्ने परिकल्पना रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण : राप्रपा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि बहानामा राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अङ्गका रुपमा रहेको नेपाली सेनालाई चलाउन नहुने बताउनु भएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक विज्ञप्ति जारी गर्दैै योजनाबद्ध ढंगबाट बुद्धिजीवि तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरुबाट सेनाको संख्या घटाउनुपर्ने र सेनाविहीन राज्यको परिकल्पना जस्ता विषयमा श्रृखलाबद्ध रुपमा उठाउनु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको बताउनु भएको छ ।

‘राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान छन् र यसबारे राप्रपा बहस गर्न तयार छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रीत गरिनु हुँदैन ।’

सेनाको संख्या कटौतीको बहसलाई अन्त्य गरी बलियो, अनुशासित र गौरवशाली संस्थाको रुपमा नेपाली सेनालाई अक्षुण्ण राख्न राप्रपाले आह्वान गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?