बर्दघाटको एसईई नतिजा : सामुदायिकलाई गाली-संस्थागतलाई ताली

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 6 mins

नवलपरासी । बर्दघाट नगरपालिकाको एसइइ २०७९ को नतिजा हेर्दा सामुदायिक विद्यालयलाई गालि र संस्थागत विद्यालयलाई ताली दिएका छन् । वडा नम्बर १४ मा रहेको गांगा मा।वि।ले एसइइ २०७९ मा १ सय ४ जना विद्यार्थी सहभागि गराउँदा जम्मा ३ जना विद्यार्थी मात्र सबै विषयमा १ दशमलव ६ जिपिए भन्दा माथी ल्याए । यता वडा नम्बर ४ मा रहेको न्यू लाईफ मा।वि। ले ६२ जना विद्यार्थीलाई एसइइमा सहभागि गराएर अधिकतम ४ जिपिए सहित सबै विद्यार्थी २ दशमलव ४ जिपिए भन्दा माथी ल्याउन सफल भए ।

यि २ विद्यालय नगरपालिकाका सामुदायिक र संस्थागत तर्फका प्रतिनिधि विद्यालय हुन् । राज्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधरका लागि अरबौं रकम खर्च गर्दा संस्थागत विद्यालयहरु सीमित श्रोत साधनमा संचालित छन् । लगानी अनुसारको प्रतिफल हेर्नेहो भने सामुदायिक विद्यालयको नतिजा संस्थागत विद्यालयको तुलनामा कयौं गुना राम्रो हुनु पर्ने हो ।

तर परिणाम ठिक उल्टो रहेको छ । गंगा मावि र न्यू लाईफको नतिजालाई प्रतिनिधिमुलक रुपमा लिईएपनि बर्दघाट नगरका अन्य सामुदायिक विद्यालयको नतिजा पनि चिन्ताजनक अबस्थामा रहेको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरु शैक्षिक योग्यता र क्षमताका हिसाबले संस्थागत विद्यालयको तुलनामा अब्बल मानिन्छन् ।

स्थानिय सरकार आईसकेपछि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको विषयमा चर्का भाषण धेरै सुनिए पनि परिणाम भने सकारात्मक पाउन सकिएको छैन । नतिजालाई हेर्दा सामुदायिक विद्यालयहरु राजनीतिकर्मिका लागि केवल एक प्रयोगशाला जस्तै बन्न पुगेका छन् ।

सामुदायिक विद्यालयमा नेतृत्व चयनका लागि ठुलै रस्साकस्सी र हानथाप हुने गर्दछ । जति हानथाप नेतृत्वका लागि हुन्छ त्यसको तुलनामा शैक्षिक सुधारका लागि मेहनत गरेको पाइँदैन ।

बर्दघाट नगरपालिका भित्रका सामुदायिक विद्यालयबाट ८ सय ६ जना विद्यार्थीले एसइइ परिक्षा दिएकोमा करिव १५ प्रतिशत विद्यार्थीले १ दशमलव ६ भन्दा कम जिपिए ल्याएका छन् । संस्थागततर्फ ३ सय ९८ जना विद्यार्थीहरु मध्ये १ जनाको मात्र १ दशमलव ६ भन्दा कम जिपिए रहेको छ ।

सामुदायिक तर्फ १ दशमलव ६ प्रतिशत (१३ जना) विद्यार्थी संस्थागत तर्फ ६ प्रतिशत (२४ जना) विद्यार्थीले ३ दशमलव ६ देखी ४ जिपिए भन्दा तल प्राप्त गरेका छन् ।

त्यस्तै ३ दशमलव २ देखी ३ दशमलव ६ सम्म ५८ जना संस्थागत तर्फ र ३८ जना सामुदायिक तर्फ, २ दशमलव ८ देखी ३ दशमलव २ सम्म संस्थागत तर्फ ७४ जना र सामुदायिक तर्फ ६१ जना, २ दशमलव ४ देखी २ दशमलव ८ सम्म संस्थागत तर्फ ४३ जना र सामुदायिक तर्फ १ सय ३० जना त्यस्तै २ दशमलव ० देखी २ दशमलव ४ सम्म संस्थागत ४० जना र सामुदायिकमा १ सय ८२ जना र १ दशमलव ६ देखी २ दशमलव ० सम्म ५१ जना संस्थागत २६२ जना सामुदायिक तर्फ नतिजा ल्याएका छन् ।

उच्च जिपिएमा संस्थागत विद्यालयका विद्यार्थी धेरै छन् भने कमजोर जिपिए ल्याउनेमा सामुदायिक विद्यालयका विद्यार्थी धेरै रहेका छन् । नगरपालिकाको तथ्याङ्क केलाउादा एसइइ २०७९ मा सहभागि हुने कुल विद्यार्थी संख्या १ हजार २ सय ४ जना मध्ये सामुदायिक विद्यालयबाट ८ सय छ जना र संस्थागत विललय तर्फ ३ सय ९८ जना विद्यार्थी रहेका छन् । अधिकांश सामुदायिक विद्यालयको नतिजा कमजोर भैरहँदा वडा नम्बर ७ मा रहेको राष्ट्रिय माविमा १ दशमलव ६ जिपिए भन्दा तल कुनैपनि विद्यार्थीको नति छैन ।

संस्थागत विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको पहुँच बढि छ । सबैको पहुँच पुग्ने सामुदायिक विद्यालयकै नतिजा कमजोर हुँदा अधिकांश विद्यार्थीको भविष्यमाथी प्रश्नचिन्ह खडा भएको देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?