सूर्याेदयको सेयर प्रबन्धकमा कुमारी क्यापिटल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता सय रुपैयाँ दरका ४६ लाख ७२ हजार नौ सय ५४ रुपैयाँ र ५० पैसा बराबरका थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) गर्न कुमारी क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतापत्रमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनी तथा कुमारी क्यापिटकाका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको छ ।

सूर्योदय वोमी लघुवित्त वित्तीयको अधिकृृत पुँजी एक अर्ब, जारी पुँजी ९१ करोड ५४ लाख ५५ हजार चार सय ६३ रुपैयाँ र चुक्ता पुँजी ९१ करोड सात लाख ८२ हजार पाँच सय आठ रुपैयाँ ५० पैसा रहेको छ भने एक लाख ७१ हजारभन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?