एजेन्टसहित ६ जना पक्राउ, सुनको परिमाण आज यकिन गरिँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।

पक्राउ परेकाको पहिचान खुलाइएको छैन । विभागका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ ।

विभागले बरामद गरेको सुनको परिमाण आज यकिन गर्ने जनाएको छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाले ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने जानकारी दिनुभयो । घटनाको बहुआयामिक पाटोबाट अनुसन्धान अघि बढाइने उहाँको भनाइ थियो ।

सुन हङकङबाट आएको खुले पनि तस्करमा संलग्न प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धान पछि मात्र भन्न सकिने ढुंगानाले बताउनुभयो ।

बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको विभागले जनाएको छ ।

पछिल्लो दैनिक जसो समय विमानस्थल भएर अवैध सुन नेपाल भित्रिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?