रुपन्देहीमा चाइनिज पेस्तोलसहित एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । चाइनिज पेस्तोलसहित प्रहरीले रुपन्देहीमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको मर्चवारी गाउँपालिका–४ महदेबा बस्ने ३० वर्षीय राजु यादव भन्ने इन्द्रकेश यादव छन्।

प्रहरीका अनुसार यादवले गत असार १९ गते मर्चवारी गाउँपालिका–४ पुन्हिकोटबाट दुबलिया जाने बाटोको खैरा गाँउमा सडक पिच गर्ने वादविवाद गर्दै गोली चलाएका थिए। उक्त घटनापछि फरार रहेका यादवलाई प्रहरीले गत सोमबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनको साथबाट मेड टाइप ५४ चाइनिज पेस्तोल एक थान तथा त्यसमा लाग्ने गोली दुई राउण्ड बरामद भएको छ। यस्तै, लु ३३ प ७६५३ नम्बरको मोटरसाइकल पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले गोली चलेको दिन नै घटनास्थलबाट गोलीको खोका समेत बरामद गरेको थियो।

प्रहरीले पक्राउ परेका यादवविरुद्ध ज्यान मार्ने उद्योग र हातहतियार खरखजना कसुरको मुद्दामा अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?