नेपालको फुटबल वरीयता यथावत्

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को नयाँ विश्व वरीयतामा नेपाल यथावत् रहेको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा रहेको छ । नेपाल अघिल्लो महिनामा १७५औँ स्थानमै रहेको थियो ।

दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । ९९औँ स्थानमा रहेको भारत नेपालभन्दा अघि रहेको छ । १५५औँ स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ । यस्तै, नेपालपछि भुटान १८५औँ स्थानमा रहँदा बंगलादेश १८९औँ स्थानमा रहेको छ । पाकिस्तान २०१औँ स्थानमा रहँदा श्रीलंका २०४औँ स्थानमा छ ।

अर्जेन्टिना वरीयताको शीर्षस्थानमा यथावत् रहेको छ । विश्व वरीयताको दोस्रो स्थान फ्रान्स र तेस्रो स्थानमा ब्राजिल रहेको छ । यस्तै, इंग्ल्याण्ड चौथो स्थानमा र बेल्जियम पाँचौँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?