प्रतिबन्धित भारतीय रूपैयाँसहित एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

पर्सा ।  वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरको ३ सय ६४ थानमा रहेको १ लाख ८२ हजार भारतीय रूपैयाँसहित भारत बिहार राज्य बैशाली ग्राम दाउदनगर-२ बस्ने ३८ वर्षीय मन्जय रामलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?