संसदीय समितिमा कांग्रेस सांसदको प्रश्न : क्वीन्टल सुन छिर्दा गृहमन्त्री र अर्थमन्त्रीले अनुसन्धान गर्न रिजाइन गर्नुपर्छ कि पर्दैन ?

फाइल तस्वीर

Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले एयरपोर्टबाट सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुभएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनितिसभा अन्तर्गतको कानून, न्याय र मानवअधिकार समिति बैठकमा शर्माले यस्तो माग गर्नुभएको हो ।

१०० किलो सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले अनुसन्धानलाई प्रभावकारी बनाउन राजीनामा दिनुपर्ने उहाँले माग छ । गत बुधबार विमानस्थलबाट भन्सार जाँचपास हुँदासमेत नियन्त्रणमा लिन नसकेको करिब एक क्विन्टल सुन राजस्व विभागले बरामद गरेको घटना लिएर सांसद शर्माले गृहमन्त्री र अर्थमन्त्री नैतिकताका आधारमाम राजीनामा दिनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, 'क्वीन्टल सुन छिर्दा अनुसन्धान गर्न रिजाइन गर्नुपर्छ कि पर्दैन ? अर्थ र गृहको विभाग विमानस्थलमा हुन्छ । दुई मन्त्रीले राजीनामा दिएर बाटो खुल्ला गर्नुपर्छ।’

कांग्रेसकै सांसद रामहरि खतिवडाले पनि सुनको अनुसन्धान गर्न माग गर्नु भयो । 'कुनकुन देशले नेपाललाई तस्करको भूमि बनाउँदै छन्?, उहाँको प्रश्न थियो । सुन प्रकरणमा भरिया, मजदुर र कर्मचारीलाई मात्रै समातेर आँखामा छारो हाल्ने काम गर्न नहुने उहाँको धारणा थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?