जुम्लाको रैथाने बालीको संरक्षण र बजारीकरण प्रदेश सरकारको प्राथमिकतामा परेको छ : मन्त्री सिंह

Read Time = 2 mins

-विजय रावत

जुम्ला । जुम्लाको रैथाने बालीको संरक्षण र बजारीकरणमा प्रदेश सरकारले विषेश प्राथमिकतामा राखेर काम गरिरहेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले बताउनुभयो ।

प्रदेश अर्थमन्त्री समेत रहनुभएको पुग्नुभएको  सिंहले जुम्ला पुगेर  भन्नुभयाे, 'यहाँको स्याउ,मार्सीधान लगायत अन्य अर्गानिक बालीको विश्व बजारसम्म पु-याउनका लागि संघीय सरकारसंग समन्वय गरिका छौँ । कर्णालीको मुख्य आन्तरिक स्रोत भनेकै पर्यटन क्षेत्र र जडिबुटी हो ।' प्रदेश सरकारले आवश्यकता अनुसार बजेट व्यवस्थापन गरि विकासको कार्यलाई अगाडि बढाएको अर्थमन्त्री सिंहको भनाइ छ ।

संघीयताको आगमनले कर्णालीमा विकासले गति लिएको छ । नागरिकले अपेक्षित अनुसार विकास नभए पनि विगतलाई फर्केर हेर्दा तुलनात्मक रुपमा विकासले गति लिएको कर्णाली प्रदेश सरकारका अर्थमन्त्री सिंहले बताउनुभयो ।

पश्चिम नेपालकै पुरानो प्रविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालयको वार्षिक उत्सवमा सहभागी हुन जुम्ला पुगेका मन्त्री सिंहसंग प्रेस यूनियन जुम्लाले गरेको पत्रकार भेटघाटमा बौल्दै कर्णाली प्रदेशमा सम्वृद्वि छाउनका लागि पूर्वाधार विकास,रोजगारी सृजना र गरिबी अन्त्य गर्ने प्रदेश सरकारको पहिलो प्रथामिकताका रहेको बताउनुभयो । कर्णाली दिगो विकासका लागि प्रदेश सरकारले स्थानीय तह र संघीय सरकारसंग मिलेर काम गर्ने मन्त्री सिंहको भनाइ छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?