हिमा गाउँपालिका पूर्वअध्यक्ष रजबहादुर शाहीको निधन

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लाको हिमा गाउँपालिका पूर्व अध्यक्ष रजबहादुर शाहीको निधन भएको छ ।

उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा शुक्रबार विहान निधन भएको हो । हिमा गाउँपालिका – ६ महावैपाथरखोला निवासी शाहीले पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

उहाँले एमालेका भैबहादुर रोकायालाई पराजित गर्दै हिमा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र पार्टीबाट निर्वाचित हुनु भएको थियो ।

नेकपा माओवादी केन्द्र पार्टीका प्रदेश कमिटि सदस्य जनक परियारका अनुसार उपचारको क्रममा नेपालगज्जस्थित कोहलपुर अस्पतालमा निधन भएको हो । दुई साताअघि पार्टीकै कार्यक्रममा सक्रिय रहेका माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य नेता शाही विरामी भएपछि अस्पतालमा भर्ना हुनु भएको थियो ।

नेता शाहीको कोहलपुर अस्पतालमा निधन भएपनि जुम्ला ल्याएर दाहस्कार गर्ने तयारी गरिएको नेकपा माओवादी केन्द्र पार्टीले जनाएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?