दुग्ध क्षेत्रका समस्यामा बोर्डको पहल

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले सरोकारवालासँग हाल दुग्ध क्षेत्रमा देखिएका विविध समस्यामा छलफल गरेको छ । कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा. रामनन्दन तिवारी, पशु सेवा विभागका श्यामसुन्दर यादव, दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झा, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, केन्द्रीय दुग्ध सहकारी संघका कृष्णप्रसाद सापकोटा, महासचिव राम आचार्य, डेरी साइन्स एसोसिएसनका उपाध्यक्ष सियाराम सिंह, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीकाप्रसाद घिमिरे, लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवलगायतको सहभागिता थियो ।

सो अवसरमा बोेर्डका उपकार्यकारी निर्देशक डा. बालक चौधरीले कार्यपत्र प्रस्तुत गर्दै नेपाल-भारत सीमाबाट अवैधरूपमा दूध तथा दुग्धपदार्थ आयात, लम्पी स्किन महामारी, दूधको उपभोगमा कमीलगायतका समस्या देखिएको बताउनुभयो । दुग्ध तथा दुग्धजन्य पदार्थको उपभोग बढाउन आमजनतालाई सुसूचित गर्नुपर्ने, धुलो दूध बनाएर राख्दा लगानी फ्रिज हुने हुँदा सहजरूपमा राज्यले उद्योगलाई चालु पुँजी उपलब्ध गराएमा समस्या समाधान हुन सक्ने उहाँले बताउनुभयो । बोर्डका अनुसार उपभोग घटेका कारण हाल दैनिक चार लाख लिटर दूध बढी देखिएको छ ।

कार्यक्रमका सहभागीहरूले बोर्ड खारेजी सरकारको गलत कदम भएको भन्दै खारेजीको पीडादायी अवस्थामा पनि बोर्डले दुग्ध क्षेत्रका विषयमा छलफल आयोजना गरेर किसान व्यवसायीको घाउमा मलमपट्टी लगाउने प्रयास गरेको भन्दै बोर्डको प्रशंसा गरेका थिए । मन्त्रालयका सहसचिव तिवारीले भने वर्तमान समस्या हल गर्न मन्त्रालय प्रयासरत रहेको बताउनुभएको एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?