लमजुङमा ६५ प्रतिशत रोपाई

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ । साउनको पहिलो हप्ता वित्नै लाग्दा सम्म लमजुङ जिल्ला भित्र करिब ६५ प्रतिशत मात्र रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीका अनुसार लमजुङ जिल्लामा हालसम्म करिब ६५ प्रतिशत धान रोपाई सम्पन्न भएको हो।

रेग्मीका अनुसार मनसुन केही ढिलो भित्रदा रोपाई ढिलो भएको छ । अझ यतिखेर पानी नपर्दा अधिकांश कृषकहरु पानी पर्ने र खेत रोप्न पाउने आशामा बसेका छन् ।

जिल्लाको राईनास, मध्यनेपाल, बेसीसहर, क्व्होंला सोथार र दोर्दीका केही ठाउँहरुमा धान रोपाई अझै बाँकी रहेको उहाँले बताउनुभयो । रेग्मी भन्नुहुन्छ, ‘वर्तमान समयमा पशु महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगको कारण पनि किसानहरु मारमा परेको र रोपाई ढिला भएको हो र यतिखेर पानी नपरेका कारण रोपेको धानखेत समेत सुक्ने अवस्थामा पुगेको छ ।’ कृषि ज्ञान केन्द्रका अनुसार विविध कारणले गत बर्ष भन्दा केही कम मात्रामा जिल्लामा धान खेति हुने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो ।

कुलो र नहर नलाग्ने साथै पानी नपर्दा मूल पलाउन नसकेका कारण टारी खेतका किसानले आकासे पानीको भल छोपेर रोपाइँ गर्नुपर्ने बाध्यता छ । असारको पहिलो दोश्रो हप्ता पानी परेर रोप्न सकिने भए पनि समयमा पानी नपरे पछि समय मै बीउ राख्न नपाएकोले पनि समयमै धान रोप्न नपाएको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ९ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने प्रक्षेपण गरिएको छ ।

विशेष गरी लमजुङको धमीलिकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, हाँडेटार लगायतका क्षेत्र धानका प्रमुख पकेट क्षेत्र मानिन्छ। जिल्लाका केहि सिमसार क्षेत्रहरुमा चेतै धान खेति समेत हुने गरेको पाइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?