गणतन्त्रका सबल र दुुर्बल पक्ष

Read Time = 16 mins

गणतन्त्रमा प्रवेश गरेका हामी नेपालीले त्यसको स्वाद चाखिरहेका छौं । यो गणराज्य वा गणतन्त्रको मीठो स्वादमा रुमलिरहेका छौं हामी नेपाली । गणतन्त्रको स्वाद चाख्न हामी सदा तयार छौं । गणतन्त्र वा गणराज्य आजको व्यवस्था होइन । कुनै आन्दोलन र आधुुनिक राजनीतिशास्त्रीले दिएको पहिचान पनि होइन । यो रामायण तथा महाभारतकालीन व्यवस्थाको पहिचान हो । त्यो समयमा पनि गणतन्त्र र सङ्घीय व्यवस्था थियो भन्ने प्रमाण आज पनि सुुरक्षित देखिएको छ ती हाम्रा ग्रन्थहरूमा ।

संसारका प्रायः सबै मुलुुकमा गणराज्यको शासन पद्यति विद्यमान रहेको छ । केही देश त्यो शासकीय पद्धतिबाट निरपेक्ष रहेका होलान् । त्यो आफ्नो नितान्त मौलिक शासकीय पद्धति माचलेका मुुलुुक हुन् । तिनको पहिचान शासनमा बेग्लै किसिमले हुने गरेको पाइन्छ । त्यसैले गणराज्यको व्यवस्थापकीय पक्ष भने सङ्घमा निर्भर रहेको हुन्छ । शासन व्यवस्थामा गणराज्यलाई व्यवस्थित गर्ने काम सङ्घको हुने हुनाले सङ्घ बलियो हुनुुपर्ने तर्क राखिएको पाइन्छ शासनमा ।

आपसी फुटलाई गणराज्य पतनको मुुख्य कारण मानिएको छ । हाम्रो नेपालको गणराज्यलाई यही रोगले सताएको छ । नेपालको राजनीतिमा शासन व्यवस्थामा देखिएका अन्याय, अत्याचार र तानाशाहीविरुद्ध सङ्घर्ष गरेका केही राजनीतिक दलहरू रहेका छन् ।

महाभारतमा गणराज्यका सम्बन्धमा युधिष्ठिरले भीष्मलाई प्रश्न गरेका छन् । गणराज्यमा रहेका राज्यहरूका बीचमा देखिने वैमनस्य र असमझदारी आपसी मेल नहुने मूल कारण हुुन् । यदि गणराज्यमा मेल भयो भने राज्यका कुनै पनि अङ्गमा बेमेल हुने सम्भावना कमै रहने तर्कलाई भीष्मले बताएका छन् । गणराज्यमा एक रूपता आयो र वैमनस्य भएन भने शासन र व्यवस्थामा कुनै किसिमको आँच नआउने तर्क महाभारतमा उल्लेख गरिएको छ । गणराज्यको सुुन्दरता भनेको एकतामा आबद्ध रहेर राज्यलाई विकासको मार्गमा निरन्तर अघि बढाउनुु हो । यदि राज्यका बीचमा समन्वय भएन एक अर्काप्रतिको अविश्वास जागृत भयो भने गणराज्यमात्र होइन सङ्घ पनि कमजोर हुने तर्क महाभारतमा पाइन्छ । गणराज्यको मूल पहिचान नै राज्यमा हुने विकास र अर्थको संयोजन हो ।

गणराज्यको पतन :
शासन व्यवस्थामा गणराज्यलाई कसरी मिलाएर लैजाने भन्ने सन्दर्भ नै मुुख्य कारण बनेर आएको देखिन्छ । गणराज्यका शासकको बुुद्धि भिन्न भिन्न खालको हुने हुनाले तिनमा एकरूपता ल्याउन सारै सकस हुने तर्क भीष्मले राखेका छन् । गणराज्य अन्त्यको मुुख्य कारणका सन्दर्भमा भीष्म भन्छन् :
लोभमेको हि वृणुुते ततोद्रमर्षमनन्तरम्
तौ क्षयव्ययसंयुुक्तावन्योन्यं च विनाशिनौ ।।
पहिले मानिस लोभलाई ग्रहण गरेको हुुन्छ । लोभलाई पूरा गर्न शासक भ्रष्टाचारमा डुुब्दछ । उसको भ्रष्टाचारी प्रवृत्ति र जीवनशैलीलाई देखेर अर्काको मनमा अमर्ष (डाह) उत्पन्न हुन्छ । ती लोभ र डाह नै गणराज्य पतन हुने मूल कारण हुन् । यी कारणबाट देखिने पतन नै गणराज्यको पहिलो आधार उनले मानेका छन् । यदि गणराज्यका जनताका बीचमा समन्वय हुन सकेन भने राज्यका बीचमा नै वैमनस्यता देखिने तर्कलाई यहाँ उल्लेख गरिएको छ । लोभले मानिस जसरी भए पनि धन सञ्चयप्रति सक्रिय हुने र अरूमा डाह उत्पन्न हुने कुरालाई यहाँ उठाइएको छ ।

विभिन्न ससाना राज्यमा विभाजन भएको गणराज्यको पतनको मूल कारण नै आपसमा देखिने फुुट हो । एक अर्काप्रतिको असहिष्णुुभावले शासन व्यवस्थालाई सही ढङ्गबाट अघि बढाउन नसकिने तर्कलाई महाभारतले उठाएको छ ।
भेदे गणा विनेशुुर्हि भिन्नास्तुु सुुजयाः परैः
तस्मात् संघातयोगेन प्रयतेरन् गणाः सदा ।।
आपसमा फुुट हुुनाले गणराज्यहरू नष्ट भएका छन् । आपसमा देखिने फुुटका कारण शत्रुुहरू विजय प्राप्त गर्न सक्ने अवस्थामा रहेका हुन्छन् । आपसी फुटलाई गणराज्य पतनको मुुख्य कारण मानिएको छ । हाम्रो नेपालको गणराज्यलाई यही रोगले सताएको छ । नेपालको राजनीतिमा शासन व्यवस्थामा देखिएका अन्याय, अत्याचार र तानाशाहीविरुद्ध सङ्घर्ष गरेका केही राजनीतिक दलहरू रहेका छन् । ती दलले नेपालको शासन व्यवस्थामा आफूलाई सदा जीवन्त बनाएर राखे । उनीहरूको लक्ष्य नेपालमा राणा, पञ्चायत तथा जनविरोधी शासन पद्धतिको अन्त्य थियो ।

उनीहरूले आन्दोलनका माध्यमबाट तानाशाही शासनको जरा उखेलेर फाले पनि । तर, यसका साथै नेपाली समाजको रूपान्तरणमा आमूल परिवर्तन ल्याउने उद्देश्यले स्थापित राजनीतिक दलहरूको उपस्थिति पनि नेपालमा देखियो । पुराना राजनीतिक दलप्रति तीव्र आक्रोश व्यक्त गर्दै आफूलाई नै परिवर्तनको मूलधार मान्ने प्रवृत्तिका दलहरूको उपस्थिति नेपालको राजनीतिमा देखिन थाल्यो । तिनका कारण नै आज नेपालको गणतन्त्रप्रतिको विश्वासमा कमी आएको यथार्थ मान्नुपर्ने हुन्छ । अस्थिर राजनीतिले शासन व्यवस्थामा आमूल परिवर्तन ल्याउन सक्दैन ।

नेपालको गणतन्त्रमा देखिएको चुुनौती भ्रष्टाचार बनेर आयो । भ्रष्टाचार निर्मूल पार्न गठित विभिन्न निकायका प्रमुुख नै भ्रष्टाचारमा संलग्न हुनुले नेपाली गणराज्यको अवस्था कमजोर भएको हो । यो सत्यलाई सबैले मनन गर्नुपर्ने देखिन्छ । यदि यी कुरालाई व्यवहारमा उतारेर मनन् गर्ने जमर्को पुराना राजनीतिक पार्टीले गर्न सकेनन भने उनीहरूको अवस्था पनि कमजोर हुुने देखिन्छ । यो कमजोरी गणतन्त्रको होइन । गणतन्त्र सञ्चालन गर्ने शासकहरूको हो । यी गणराज्यमा देखिने कमजोर र गणराज्यलाई क्षतविक्षत पार्ने आधार हुन् ।

गणराज्यका सबलता :
शासन व्यवस्था सबल भएमात्र गणराज्य सफल हुन्छ । गणराज्यमा एक अर्काप्रतिको सम्मान सदा रहनुु आवश्यक मानिएको छ । हामीले एकअर्काप्रतिको सम्मानमा अधैर्यता स्थापित गरेर अघि बढ्यौँ भने जुुनसुुकै व्यवस्था पनि कमजोर हुुने तर्कलाई महाभारतले उल्लेख गरेको छ । गणराज्यले सबैभन्दा पहिले ज्ञानलाई प्रमुुख आधार स्वीकार गरेको छ ।
ज्ञानवृद्धाः प्रशंसन्ति शुुश्रुुषन्तः परस्परम्
विनिवृत्ताभि संधानाः सुुखमेधन्ति सर्वशः ।।
ज्ञानले बृद्ध मानिसहरू गणराज्यका नागरिकहरूको प्रशंसा गर्दछन् । सङ्घमा आबद्ध मानिसहरूका मनमा एकअर्काप्रतिको श्रद्धा र विश्वास सदा रहेको हुन्छ । एक आपसमा सेवाभावका कारण सुुखले उन्नति प्रतिक्रियाशील रहेका हुन्छन् । यो गणराज्यलाई सबल बनाउने नागरिकका आधार हुन् । गणतन्त्रको सबैभन्दा उत्तम अवस्था शिक्षालाई मानिएको छ । शिक्षाले गणतन्त्रको व्यवस्थापकीय पक्षमा सुुधार ल्याउने हुनाले शिक्षालाई महत्वका साथ हेरिएको छ ।
पुुत्रान् भातृन् निगृहृणन्तो विनयन्तश्चतान् सदा
विनीतांश्चप्रगृहृण्न्तो विवर्धन्ते गणोत्तमाः ।।
गणराज्यका सबल र विद्वान् मानिसहरू आफ्ना सन्तानले अपराध गरेका छन् भने सजाय दिने गर्दछन् । आफ्ना सन्तानलाई उत्तम शिक्षा दिएका हुन्छन् । शिक्षा पाइसकेपछि सन्तानप्रति आदरभाव राखेका हुन्छन् । त्यसकारण उनीहरूको दिनप्रतिदिन प्रगति हुने गर्दछ । गणराज्यमा शिक्षालाई प्रगतिको आधार मानिएको छ । अशिक्षित जनता वा व्यक्तिबाट गणराज्यमा सुुधार नहुुने सङ्केतलाई महाभारतमा उल्लेख गरिएको छ । गणराज्यमा ज्ञान, बुुद्धि, विवेक र क्षमताले भरिएका मानिसको कदर हुनुु अनिवार्य मानिएको छ । यिनीहरूको कदर गणराज्यले गर्न सकेन भने राज्यव्यवस्था नै कमजोर हुने कुरालाई उठाइएको छ ।
प्रज्ञान् शूूरान् महोत्साहान् कर्मसुु स्थिरपौरुषान्
मानयन्तः सदा युुक्ताविवर्धन्ते गणा नृप ।।
यी युुधिष्ठिरप्रति भीष्मले भनेका वचन हुन् । सङ्घका सदस्यले सदा बुुद्धिमान्, वीर, उत्साही, आफ्नो कार्यलाई कुशलतापूूर्वक सम्पन्न गर्ने व्यक्तिलाई सदा सम्मान गर्ने गर्दछन् । यस्ता व्यक्तिहरू सदा राज्यको उन्नतिका लागि निरन्तर लागिरहेका हुन्छन् । गणराज्यको सबलता र दुुर्बलतालाई भीष्मले महाभारतमा युुधिष्ठिरलाई बताएका छन् । गणराज्यका ससाना राज्य कमजोर भए भने मूलतः सङ्घ पनि कमजोरहुने कुरालाई महाभारतले बताएको छ । यो तत्कालीन समयको शासन व्यवस्थामा आएको चुुनौती थियो । त्यो चुुनौतीलाई स्वीकार गरेर नै हस्तिनापुरका शासक युुधिष्ठिर सबल र असल शासक बन्न सफल भएका हुन् ।

शासकले चाल्ने हरेक कदममा खोट देख्ने विपक्ष, राम्रा काम गर्न खोजे पनि अवरोध खडा गर्ने राजनीतिक दल, आफ्ना र आफन्तको मात्र हित चाहने शासक, एक अर्काप्रतिको दृष्टिमा सदा बक्रता उपस्थित गराउने हाम्रो सोच कारण बनेर आएको देखिन्छ ।

भीष्मका यी कुरा तत्कालीन समयमा आएका गणराज्यप्रतिको विश्वास र आस्था थियो । साधन स्रोतको अभाव, विज्ञानको अभाव, मानव विकासको पहिलो चरणमा नै गणराज्यप्रतिको यो दृष्टि कति फराकिलो । हामी आज सम्पन्न छौं । विज्ञान, यन्त्र र हतियारले । यो सम्पन्नतामा हाम्रो देशको गणतन्त्रले किन विकास गर्न नसकेको होला । महाभारतकालीन व्यवस्थामा देखिएको शासन पद्धति र एउटा शासकले मागेको सल्लाह र सुुझावलाई कति सरल तरिकाले बताइएको छ यहाँ । आजको शासन व्यवस्था सम्पन्नशाली छ । शासकीय पद्धति उन्नत छ । मानवीय भावना गतिशील छ । युुवा पुस्ता सबल हुनुुका साथै मनमौजी पनि छ । यस्तो अवस्थामा पनि हाम्रो शासकीय पद्धति किन कमजोर बनेको होला बुुझ्न नसकिने अवस्था आएको छ ।

गणतन्त्रको वा गणराज्यको व्यवस्थालाई सञ्चालन गर्न गरिएका सबै प्रयास सबल पनि छन् । सबल पक्षबाट शासन पद्धति चलेको पनि छ तर मेल छैन हामीले चलाउने शासन पद्धति र हाम्रो विचार, भावना र काम गराइमा । यही कमजोरी लिएर बाँचेका छौं हामी र हाम्रो पद्धति पनि । शासकले चाल्ने हरेक कदममा खोट देख्ने विपक्ष, राम्रा काम गर्न खोजे पनि अवरोध खडा गर्ने राजनीतिक दल, आफ्ना र आफन्तको मात्र हित चाहने शासक, एक अर्काप्रतिको दृष्टिमा सदा बक्रता उपस्थित गराउने हाम्रो सोच कारण बनेर आएको देखिन्छ । महाभारतको गणराज्यले शिक्षालाई प्रमुुख आधार मानेको छ । हामीले दिने शिक्षा बेरोजगार उत्पादनको केन्द्र बनेको छ । अध्ययनका लागि स्वदेशलाई सत्तोसराप गर्दै विदेशिने पुुस्ताबाट हामीले के पो आशा गर्नुु ।

शासनमा चालिने हरेक कदम देश र जनताका लागि हुनुु अनिवार्य मानिन्छ । यदि जनताका लागि गरिने हरेक सकारात्मक कदममा राज्यसंयन्त्रलाई सहयोग गर्नु हामी नेपालीको दायित्व होइन र ! कर्तव्यप्रति आँखा चिम्लिेने र अधिकारप्रति उफ्रिने प्रवृत्तिका कारण गणराज्य र गणतन्त्र नेपालका लागि कमजोर बनेको सङ्केत देख्न सकिन्छ । भ्रष्टाचारको जालो समाप्त पार्न खोज्ने कुुनै पनि कुरामा सहयोग गर्नु हामी सबैको दायित्व होइन र ! आँटे सकिन्छ भन्ने तर्क काठमाडौं महानगरका मेयरले देखाएका छैनन र ! सङ्घ, प्रदेशबाट असहयोग भए पनि उनले चाहेको विकासका कामलाई अघि बढाएका छन् । शासन पद्धति र व्यवस्था आफैँमा कमजोर होइन । त्यसका सञ्चालक र उनीहरूले देखाउने कामले नै शासनप्रतिको वितृष्णा जाग्ने गरेको हुन्छ । सचेत बनौं र गणतन्त्रका माध्यमबाट देश विकासमा लागौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?