विद्यार्थीलाई ज्ञान र सीप सँगसँगै’

हिमालय टाइम्स
Read Time = 3 mins

भक्तपुर । विदेश जानबाट रोक्न विद्यार्थीलाई ज्ञानसँंगै सीप पनि दिनुपर्ने विज्ञले बताएका छन् । नेपाल इञ्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायणबाट साढे चार वर्षे (नौ सेमेष्टर) पूरा गरेका विद्यार्थीको बिदाइ कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । नेपाल इञ्जिनियरिङ काउन्सिलका अध्यक्ष प्राडा. पदमबहादुर शाहीले विद्यार्थीलाई ज्ञानसँगै सीप पनि दिने प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिलो आवश्यकता त ज्ञान नै हो, ज्ञान पाएपछि काम गर्ने हो र त्यसैबाट उनीहरूले सीप सिक्छन् ।’

काउन्सिलको तथ्यांकअनुसार काउन्सिलमा देशभर ७८ हजार इञ्जिनियर छन् । तीमध्ये आधीभन्दा बढी इञ्जिनियर विदेशमा रहेको अनुमान छ । देशभरबाट वर्षमा आठ हजारको हाराहारीमा इञ्जिनियर उत्पादन हुने तथ्यांक छ ।

नेपाल इञ्जिनियरिङ कलेजका प्राचार्य प्राडा. हरिकृष्ण श्रेष्ठले विदेश जानबाट विद्यार्थीलाई रोक्न ज्ञान मात्रै नदिई ज्ञान सँगसँगै सीप पनि दिनुपर्ने बताउँदै त्यसका लागि विश्वविद्यालय तहबाटै पाठ्यक्रम निर्माण गर्दा ध्यान दिनुपर्ने आवश्यकता आँैल्याउनुभयो । उहाँले भन्नुभयोे, ‘हामीले उत्पादन गरेका विद्यार्थीसँग अहिले प्रमाणपत्र हुन्छ, तर काम गर्न सक्ने हुँदैनन् । यही कारण प्रमाणपत्रसँगै काम गर्नसक्ने बनाउनुपर्छ ।’

कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले कलेजबाट उत्पादित नव इञ्जिनियर विद्यार्थी कलेजको राजदूत जस्तै भएको भन्दै राम्रोसँग काम गर्न सुझाव दिँदै पेसागत जीवनको प्रगतिको कामनासमेत गर्नुभयो । कलेज प्रशासन प्रमुख श्रीमा शर्मा, कलेजका प्राडा. गणेश शाह, कलेजको सिभिल एण्ड रुरल डिपार्टमेन्ट प्रमुख सुनिल श्रेष्ठ, विद्यार्थी कल्याण शाखा प्रमुख सचिन श्रेष्ठ र विद्यार्थी लगायतले पनि धारणा व्यक्त गरेका थिए ।कलेजबाट चारवर्षे अध्ययन पूरा गरेका सिभिल एण्ड रुरल डिपार्टमेन्टका नव इञ्जिनियर विद्यार्थीलाई शनिबार एक कार्यक्रमबीच बिदाइ गरेको होे । कलेजबाट मात्रै हालसम्म चार सयभन्दा वढी विद्यार्थीले सिभिल एण्ड रुरल इञ्जिनियरिङको पढाइ पूरा गरेका छन् । हाल त्यहाँ वार्षिक ४८ जनाको कोटा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?