काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित भएको छ ।
आइतबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीति पारित गरेको छ ।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । त्यस्तै, बैंकदर यथावत राखिएको छ भने निक्षेप सङ्कलनको बोलकबोल दरलाई घटाइएको छ । निजी क्षेत्रमा जाने कर्जा ११.५ प्रतिशतले बढाइने, ठूला कर्जामा अनुगमन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ ।
आइतबार अपरान्ह ३ बजे पत्रकार सम्मेलन गरेर राष्ट्र बैंकले पारित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।
(हेर्नुहोस् पूर्णपाठ)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच