नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित छैन, डेटा टर्की पुग्छ : आरजु राणा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नेपाली सेनाको अभिलेख सुरक्षित नरहेको र डाटा टर्की पुग्ने गरेको दाबी गर्नुभएको छ ।

नेविसंघले मंगलबार ललितपुरमा आयोजना गरेको अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित नरहँदा डेटाहरु टर्की पुग्ने गरेको आफूले जानकारी पाएको बताउनु भयो ।

नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधिको विकास गर्नुपर्ने आवश्यकता औँल्याएकी उहाँले अन्यथा नेपालको सुरक्षासहित सबैखाले तथ्यांकहरू चोरी हुने जोखिम रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?